प्रतिमा थारू दुई छोरासहित हाम फालेक थिइन् गण्डक नहरमा, तीनै जनाको शव फेला
नवलपरासीको गण्डक नहरमा दुई छोरा लिएर हाम फालेकी आमासहित तीनै जना मृत भेटिएका छन्। नवलपरासीको सुस्ता गाउँपालिका-२ हरकपुराकी २९ वर्षीया प्रतिमा थारूले ९ वर्षीय क्रिस र ७ वर्षीय सुमितलाई लिएर गण्डक नहरमा हाम फालेकी थिइन्।
हाम फालेको सूचना पाएर खोजी गर्न पुगेको प्रहरी टोलीले घटनास्थलदेखि एकसय मिटर तल तीनै जनाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले बताए।
आफ्नो दायाँ र बायाँ हातमा छोराहरूको हातलाई सलले बाँधेर नहरमा हाम फालेको उनले बताए। उनको मानसिक सन्तुलन बिग्रिएको स्थानीयले बताएका छन्। उनका श्रीमान् वैदेशिक रोजगारीमा छन्। आत्महत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comment