संसदमा फेरि उठ्यो लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग
प्रतिनिधिसभा सांसद रञ्जिता श्रेष्ठ चौधरीले थारु राजबन्दीको बारेमा छानबिन गरिएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छन्। प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै निर्दोष थारुहरूलाई राज्यले अनाहकमा थुनेको आरोप लगाउँदै रेशम चौधरीलाई रिहा गर्न माग गर्नसमेत माग गरेकी छन्।
‘धेरै निर्दोष थारुहरुलाई फसाइएको छ, निर्दोष थारुहरूले न्याय पाउँछौ भनेर मेरो मन खुसी भएको थियो तर न लाल आयोगको प्रतिवेदन सार्वजनिक भयो, न अहिलेसम्म रेशम चौधरीलाई छुटाउन सरकार गम्भीर बन्यो?’ उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेर वा अध्यादेशमार्फत् भए पनि पूर्व सांसद चौधरीको रिहाइको माग गरेकी छन्।
Facebook Comment