फातिमा सुमारलाई पत्र लेख्दै मेटमणिले भने- अमेरिकी जनतालाई भोकै मारेर नेपाललाई अनुदान चाहिएन
श्री फातिमा सुमार
उपाध्यक्ष, एमसीसी
विषय : तिम्रो ५० लाख डलर हरेक रात सडकमा सुत्न बाध्य भएका पाँच लाख अमेरिकी जनताहरूका सेवामा खर्च गर ।
तिम्रो देशभन्दा म १२ हजार ७ सय २५ किमि टाढा छु । तिम्रो देश विश्वकै शक्तिशाली राष्ट्र हो भनी मैले राम्ररी बुझेको छु । यसैले तिम्रो देशको हरेक नागरिक र अधिकारीहरूका मनोबिज्ञान पनि समृद्ध होला भनी अपेक्षा गर्नु पनि स्वभाविक नै मान्नु पर्दछ । यसैले मेरो र तिम्रो राष्ट्रका अधिकारीहरूका बीचमा एमसीसी परियोजनामा २०७४ साल भदौ २९ गतेको दिन सम्झौता भयो ।
अनुदान हो भनी हामी नेपाली खुसी भएपनि तिम्रो अधिकारीहरूले ठाउँठाउँमा दिएको अभिव्यक्तिले हामी झस्केको छौँ । शंका गर्ने सुविधा पाएका छौँ । हामी नेपालिहरू तिम्रो ५० लाख डलरको बिषयमा सोझो बुझाइ नै हो तर तिम्रो अधिकारीहरूको रणनीति नै बेग्लै रहेछ । तिम्रो अधिकारीहरूका भनाइ अनुसार त- एमसीसी सैन्य रणनीति पो रहेछ ! इन्डोनेसियादेखि प्रशान्त महासागर प्रयोग गरेर चीनलाई घेर्ने योजना बनाएका रहेछौ र चीनलाई सताउनको लागि नेपालको भूमिलाई सबैभन्दा उपयुक्त ठाउँ छानेको रहेछौ । हामी कुनै पनि राष्ट्रको सैन्य रणनीतिमा संलग्न हुदैनौँ सबैसँग पञ्चशिलको आधारमा समान व्यवहार गर्दछौँ तर तिम्रो उपस्थितिले हामीलाई तिमिमा संलग्न हुन बाध्य बनाउँछ । यसैले तिम्रो उपस्थिति नेपालमा कुनै पनि हालतमा हुनु हुँदैन । किनकि हामी असंल्गना नीति मान्ने राष्ट्रका जनता हो ।
फातिमा सुमार, तिमी देखिनमा कति सुन्दर छौ ! तर तिम्रो देशको इतिहास कति खराब छ है ! जहाँ जहाँ तिम्रो देशको प्रवेश हुन्छ- त्यो देशको अवस्था सुखद भएको एउटा देश नि भेटेको छैन । 1st World War र 2nd World War पनि तिम्रो शासकहरूका क्षणिक स्वार्थ- हतियार बेचेर धन कमाउने रणनीतिको कारण युद्ध भएको कुरा धर्तिका कुनै पनि मानव जातिले भुलेका छैनौँ । जुनसुकै नामबाट किन नहोस- तिम्रो राष्ट्रको उपस्थितिले दुनियाँलाई खरानी, मानविय क्षति र सम्पत्तिको नोक्सानी बाहेक अरू केही पनि उपलब्धि छैन । यसैले हामीले तिम्रो सुन्दरतालाई पनि घृष्ण गर्न बाध्य छौँ ।
तिम्रो देश बाहिरबाट हेर्दा जति समृद्ध देखिन्छ । नजिकबाट हेर्दा धेरै खराब र दयालाग्दो देखिन्छ । प्रत्येक रात ५ लाख जनताहरू सडकमा कागज ओढेर सुतिरहेका छन् । नेपालमा त्यस्तो मान्छे एक जना नि छैन । नेपालको जनसंख्याभन्दा करिब दोब्बर ५ करोड ६० लाख जनताहरू गरिबीको रेखामुनि छन् । लाखौँ अमेरिकीहरू दिनमा २ डलर मात्रै कमाई गर्दछन् । यसबाट १ बोतल पानी, ६ वटा अन्डा र १ वटा बर्गरमा बाँच्न बाध्य छन् ।
तिम्रो देशको उपचार पनि साह्रै महँगो छ । बालमृत्युदर निकै उच्च छ । संसारकै हत्या हुने राष्ट्र हेर्ने हो भने पनि अमेरिका अग्रणी स्थानमा छ । स्कुले विद्यार्थीले चलाएको गोलीबाट मृत्यु पनि प्रत्येक साल जस्तै भइरहन्छ । समाजमा आर्थिक विभेद पनि निकै फराकिलो छ । यसैले अमेरिकाभन्दा नेपालको अवस्था धेरै राम्रो छ । तिमिले नेपाल राष्ट्र र नेपाली जनताहरूका विषयमा चिन्ता लिनु पर्दैन । बरू तिमी आफनै देशमा फर्क, त्यो ५० लाख डलरले हरेक रात सडकमा सुत्ने अमेरिकी नागरिकहरूका उद्दारमा खर्च गर । महँगो औषधिलाई सस्तोमा उपलब्ध गराउ । बालमृत्युदर घटाउनको लागि पोषणयुक्त खाना सुत्केरीहरूलाई खुवाउ । कमसेकम तिम्रो जनताहरूलाई ६ लिटर पानी पिउने व्यवस्था गर । पेटभरि खानाको व्यवस्था गर । जनता मारेर नेपाललाई अनुदान चाहिएन । तिमिले नेपाल बसाइँ क्रममा पक्कै पनि देख्नुपर्ने हो- कुनै पनि नेपाली भोको र तिर्खाएर बस्नु परेको छैन ।
फातिमा सुमार,
जाँदाजाँदै तिमिसँग केही जिज्ञासा पनि छ । तिमी पढेलेखिकि छौ तर पनि नेपाली समाजको मनोविज्ञान बुझ्ने किन प्रयास गरेनौ ? हामीलाई चाहिन्न भन्दाभन्दै एमसीसी पास गर भन्दै किन नेताहरूका घरघरमा चहारिरहेकि छौ ? कहिलेकाँहि घुमाउँरो तरिकाले धम्क्याउँछौ पनि ! तिमिलाई थाहै रहेनछ ! दुनियाको कुनै शक्तिसँग नडराएका हामी नेपाली तिमिसँग डराउने त कुरै छैन । यसैले धम्काउने बन्द गर । यसैले हामीलाई तिम्रो अधिकारीहरूका नियतमा शंका लागिरहेको छ । पहिले पहिले त हामीलाई बुँदाहरू सुधार गरेर पास गरौँ भन्ने लागेको थियो । तर आजभोलि तिम्रो व्यवहारले सुधारको पनि कुनै सम्भावना देखिँदैन । यसैले Go back Mcc.
उही
मेटमणि चौधरी
नेपाल,
२०७८ फागुन २
Facebook Comment