थारूहरूको शिक्षा र राजनीतिक चेत

म एक थारू हुँ । यही परिवार जनसमुदायमा हुर्के, बढें आफ्नै संस्कृती, रहनसहन, रीतिरिवाजमा जीवनको अनगिनत समय ब्यतित गरें । त्यसकारण मेरो शरिरका प्रत्येक रगत कोषीकाहरूमा थारूको गन्ध आउँछ । यति सम्मकी मैले हाम्रो राष्ट्रियभाषा नेपाली बोल्दा जो कोही सजिलै चिन्न सक्दछकी म को हुँ? मलाई गर्व लाग्छ, म थारू हुनुको यो भन्दा ठूलो प्रमाण अरु के होला भन्ने लाग्छ । कमसेकम म जुन सुकै समुदायको भाषा बोले पनि मेरो आफ्नो मातृत्वभाव त झल्किन्छ । यहि नै मेरो सबभन्दा ठूलो पहिचान र गर्वको बिषय हो ।

हाम्रो पेशा कृषिमा आधारीत छ । हामी आफुलाई एक किसान हौं भन्न रुचाउँछौं । आफूलाई यस धर्तीको धर्तीपुत्र र प्रकृती पुजारी भन्न रुचाउँछौं । आफ्नो रगत पशिनाले यस धर्तीलाई सिंचेका छौं । अरुलाई दैनिकजीवनयापनका लागि सहज वातावरण प्रदान गर्नेगरेकाछौं । थारू जाति प्रकृती पुजारी भएकै कारणले गर्दाहामी माझचलन चल्तीमा प्राय प्रत्येक नयाँ कामको थालनी प्रकृती पुजेरै नै शुरुवात गर्ने चलनछ। मलाई याद छ म सानो छँदा जंगलमा घाँस दाउरा लिन जाँदा सर्वप्रथम वनशक्ती मातालाई पुजा छमायाचना गरेर रुख विरुवाको सानो हाँगा काटेर अर्पण गरेर मात्र जंगल भित्र जाने चलन आज पनि काय नै रहेको छ ।

नयाँ बालिनाली भित्र्याउँदा होस या खोतिपाती लगाउँदा वा हरियो चिज काट्ने प्रतिबन्ध फुकाउँदा (हरिअरी बर्नाथारू जातिहरूलेभाद्र महिनामा एक हप्ताको लागि हरियो चिज टिप्न वा काट्न मनाही गरिने परम्परा) समेत खेत तथा शक्ती पिठहरूमा गएर कराही चढाउने (खेतमा गएर पुरी रोटी र लप्सी पकाएर पुजा गर्ने रीतिरिवाज)परम्परा अझै पनि कायमै रहेको छ ।हामीले डिह्वार बाबा, समयामाई, ब्रह्मथान, डहरचण्डी इत्यादी देवीदेवताहरू लाई पुज्ने गर्दछौं यी सम्पूर्ण पुजापाठ प्राकृतीक भएको कारणले गर्दाप्रकृती प्रतिको सम्मान पनि मान्न सकिन्छ । तर आज भोलि बढ्दो जनघनत्व अरु गैरथारूजातिहरूको थारू जाति प्रतिको प्रभाव र मिश्रीत समाजले गर्दा हाम्रा यस्ता परम्परागत चलन चल्तीका रितिरिवाजहरू विस्तारै लोप हुने र ओझेलमा परेको अवस्था छ जसलाई जोगाई राख्न हाम्रो अहम कर्तब्य हुनेछ ।

हामी जहिले पनि परम्परागत खेतीपाती प्रणालीमा मात्र सिमित रह्यौं । व्यापार व्यवसाय, जागिर, राजनीतितर्फ हामी थारू जाति एकदमै कमैमात्रामा आकर्षित भयौं । हामीले आफ्नो पेशालाई कहिल्यै पनि व्यवसायिकीकरण र राजनीतिकरण गर्न जानेनौं या चाहेनौं ।जस्को प्रत्यक्ष असर हाम्रो दैनि जीवनमा परिरहेको र भोगिरहेको अवस्था पनिछ । फलस्वरुप हाम्रो अवस्था जिउकातिउ नै छ ।

हामीले आफ्नो परम्परागत रितिरिवाज, भेषभूषा, चाँडपर्व, संस्कृती मार्फत देशलाई अन्तर्राष्ट्रिय समुदाय माझ प्रतिनिधित्व प्रदान गर्ने गरेका छौं तर सरकारले अझै पनि विभिन्न बहानामा थारू जाति प्रति गैर जिम्मेवार व्यवहार देखाईरहेको छ फलस्वरुपहामी राज्यले प्रदानगर्ने धेरै अधिकार क्षेत्रबाट बञ्चित हुन पुगेकाछौं । आफ्नोअधिकार के हो भन्ने समेतको भेवपाएका छैनौं ।राज्यसंग हामीले आफ्नो अधिकार माग्न सकि राखेका छैनौं ।हामीलाई ऐन अरुलाई चैन भने जस्तै एउटै किसिमको राजनीतिक मुद्दा प्रति सरकारले गरेको थारू जाति प्रतिको विभेदकारीदमनलाई यस्को ज्वलन्त उधाहरणको रुपमा देख्न सक्छौंकीरेशम चौधरी जस्ता व्यक्तिहरू अझै सम्म राजनैतिक मुद्दाको अभियोगमा जेल जीवन विताई राख्नु भएको छ जुननितान्त राजनैतिक कुरालाई सरकारद्वारा राजनीतिकरण गरेर जातियकरणको रुपदिएरअन्याय गरिरहेको जस्तो देखिन्छ । उस्तै प्रकृतीका मुद्दामा सत्ताधारी व्यक्तिहरू छाती फुकाएर बाटामा हिडि रहेकाछन् त्यस्ता लाई कुनै पनि सरकारको कानुनले केही उखाड्नपनि सकिराखेको छैन र सक्दैनपनि होला ।यस्तो हुनुको कारण के हामी थारूहरूमा राजनीतिप्रतिको पहुँच र चेतना न्यूनभएकै कारणले हो त? यासरकारको प्रतिनिधित्व गर्ने नियकायहरूमा हाम्रोबाहुल्यता कमै भएरै हो त? यस मानेमा जस्को लाठी उसैको भैंसी भन्ने उखान सार्थक देखिन्छ । बहुमतको सरकार हुनेहरूलाई जे पनि गर्न छुट हुने रहामीले न्यायको ढोका ढकढक्याउँदा पनि न्याय नहुनेके यस्तै हो त?हामीले न्याय पाउनकहाँ जाने हो त?हुन पनि त हो कानून वहाँहरूकै हातमा हुन्छ रन्याय सम्बन्धी कानुनको ब्याख्या गर्ने व्यक्ति वहाँहरूकै हुन्छन् ।

जब सम्म हामी थारूहरूमा व्यक्तीगत स्वार्थभन्दा माथी उठेरआफ्नो जनसमुदाय प्रतिसेवाभाव प्रकट हुँदैन तब सम्म केही हुनेवाला पनि छैन । यदी हामीले आफ्नो हकअधिकारको सुनिश्चितता कायम गर्नु छ भने यस्को एकमात्र विकल्पको रुपमाराजनीति मार्फत सरकारले प्रतिनिधित्वगर्ने निकायमा बाहुल्यता कायम गर्नुपर्ने देखिन्छ ।यो कसरी सम्भव हुन्छ त?हामीले यी यावत कुराहरूको उत्तर खोज्न जरुरी छ । हामीले यो कुराको पनि हेक्का राख्नु पर्दछ की नितान्त जातिगत मुद्दाको उठान गरेर हाम्रो सपनासाकार हुने वाला पनि देखिदैन यस्को लागि गैरथारूहरूसँगको सहकार्यमा अगाडि बढ्नमा नै बुद्धिमानी देखिन्छ ।यसप्रति हामीहरू सजग भएनौ भने रेशम चौधरीको जस्तोविभेदकारी दमन सधैं नै नेपालको इतिहासमा दोहोरी नै रहनेछ ।

हाम्रो समाजको विडम्बनाको कुरा गर्दा, आधारभुत नागरिक चेतना विना हामीले आफ्नो जीवन यापन गरिरहेका छौं ।राज्य प्रति हाम्रो दायित्व के? राज्यको दायित्व हामी प्रति के?आधारभुत नागरिक चेतना विनाको जीवन कदापी सार्थक हुँदैन होला । अझैसम्मआफ्नो हक अधिकार के हो भन्ने कुराकोपत्तो समेत नपाई राखेको अवस्थामा हामी छौं । यस्तो हुनुको मुलभुत कारण गरिबी, अशिक्षा र राजनीति प्रतिको अचेतलाई नै मान्न सकिन्छ । समाज परिवर्तन र देश विकासको आधार नै शिक्षा हो । नागरिक चेतनाविना राष्ट्रप्रेम, सहयोगी भावना, सहिष्णुता, कुशल व्यहावर आदि भावप्रकट पनि हुँदैन । जातिगत कुरा गर्दा थारू जाति शिक्षामा एकमदै पिछडीएको वर्ग भित्र परेको विभिन्न आँकडा बाट प्रष्टदेख्न सकिन्छ(११ औं राष्ट्रिय जनगणना २०६८ अनुसार) । हामीले माध्यमिक सम्मको शिक्षा पनि हासिल गर्न सकी राखेका छैनौं जस्ले गर्दा उच्च शिक्षामा थारूजातिहरूको एकदमै न्यून सहभागिता रहेको पाईन्छ । यस्तो हुनुमा राज्यको शैक्षिक प्रणाली दोषी छ वा हामीस्वयम्? यस्तो हुनुमा राज्य पनि उत्तिकै दोषी छ, धेरथोर यहाँका उपल्ला जाति समुदाय र त्यती नै दोषी हामी स्वम् नै छौं । माओवादी द्वन्द्व हुनु भन्दा धेरै बर्षअगाडी राज्यका टाठाबाठा नीति निर्माणकर्ताहरूले जबरजस्ती बुर्जुवा शिक्षाको नाममा अनिवार्य संस्कृत बिषयलाई लाद्ने काम गरे जस्को प्रत्यक्ष असर हाम्रो शिक्षामा पर्‍यो । जस्ले गर्दा शिक्षा प्रति वितृष्णा बढाएको देखिन्छ बरु यस्को साटोनेपालमा बोलिने १३१ भाषाहरूलाई भौगोलिक तथा क्षेत्रगतको आधारमा विभाजन गरेर ऐच्छिक बिषयको रुपमा लगु गरे हुदैन्थ्यो होला?

वैदेशिक रोजगारीले गर्दा हामी नेपाली लगायत थारूहरूको दैनिकी अलि भौतिक रुपले सुध्रेको जस्तो निभ्न लागेको दियोमा तेल थपेको जस्तो छनक त पाईन्छ तर वास्तवमा झन झन खाडलमा भासिदै गईरहेको अवस्था देखिन्छ । सिमित व्यक्तिहरू भन्दा बाहेकत्यस परिवारका अधिकांश बच्चाहरूको स्कुल छोड्ने दर बढ्ने र शिक्षा प्रति अभिभावकहरूगैर जिम्मेवार रहेको पाईन्छ ।विदेशबाट प्राप्त रेमिट्यान्सबाट शैक्षिक क्षेत्रमाएमदमै कम मात्रामा लगानी गरेको रकेवल भौतिक सुखसुविधा र मोजमस्तीमा सिमितरहेको देख्न पाईन्छ ।हाम्रो समुदायका जनमानसहरूमा शिक्षा प्रतिको चेतना एकदमैकम मात्रामा रहेको र सो प्रतिकुशल अभिभावकत्वकोसमेत अभाव रहेको देख्नपाईन्छ ।

हामी थारू जातिएकदमै ईमान्दार सोझा साझा हो भन्ने जुन किसिमको बिल्ला भिरेका छौं ।जुनसुकैजनसमुदायमा पनि सजिलै पच्न सक्ने पहाडी जनसमुदाय होस वा मधेशी जनसमुदाय जोसँग पनि सजिलै घुल्न सक्नेजुन किसिमको पहिचान स्थापित गरेकाछौं, साँच्चै नै हामी थारूहरूबिच एकअर्काप्रति यस्तै नै घुल्न सक्ने गुण छ त? यदी छ भने यतिको घुल्नसक्ने गुण हुँदाहुँदै किन हामी शिक्षामा र राज्यका हरेक अंगहरूमा पछाडी पर्‍यौं त? यी सम्पूर्ण कुराहरूको जवाफ हामीले खोज्न् जरुरी छ । यदी हामीमा त्यो गुण छ भने आजै देखि एक जुट भएर आफ्नो हकहित, अधिकारतथा आफ्नो अस्तित्व रक्षाको लागि आवाज उठाउन र लड्न आवश्यक देखिन्छ ।

मेरो मनमा सधैं खड्की राख्नेकुरा के हो भन्नु पर्दा । म विहान विहान कलेज जाँदाप्राय सधैं देख्ने गर्दथें अधिकांश मेरै उमेर समूहका थारू युवावर्ग आफ्नो टिफिनमा खाना च्यापेर ईटागारामा लेबर र मिस्त्रीको काम गर्न जानेको ताँती लागेर गएको धेरै देख्ने गरेको छुर यस्ता अरुपनि धेरै उदाहरणहरू देख्न पाईन्छ। यस्ले के दर्शाउछ भने हाम्रो समाज कतातिर जाँदै छ त?के यस्को मुख्य कारण गरिबी नै हो त?किताब, कापी कलम च्यापेर स्कुल, कलेज जानुपर्ने उमेरमाईटागारमा जानुपर्ने बाध्यता हो याशिक्षा प्रतिको अवचेतना ?यस्को निवारणको उपाय के? यी यावत कुराहरूको उत्तर हामीले खोज्नु जरुरी छ । हामीथारू समुदायको विद्यामान शैक्षिक अवस्थालाई हेर्दा शिक्षाप्रतिको सकरात्मक धारणार चेतनाको विकास हुन नसकेको, पढाईलाई भन्दा कामलाई प्राथमिकता दिएको, घरमा शैक्षिक वातावरण नभएको, बालबालिकाहरूमाथि अभिभावकहरूले निगरानी नराखेको, मोजमस्तीमा रमाईरहेको कमिकमजोरी हरूलाई देख्न सकिन्छ र यस्को निकारण गर्नु जरुरी पनि छ ।

यस्तो अवस्थाबाट माथि उकास दिलाउनको लागि हाम्रो समुदाय र सरकारले यस्ता शिप तथा दक्षतायुक्तयुवाको लागि प्राविधिक शिक्षा तर्फ बढी जोड दिन आवश्यक देखिन्छ । सरकारले हालसालै ल्याएको नयाँ शैक्षिक योजना पढ्दै, कमाउँदैकार्यक्रम संचालन कार्यविधि २०७८ चाँडै नै व्यवहारमा ल्याओसर हामी आशावादी पनि छौं यस्ले अधिकांश गरिब युवा वर्गको पढ्ने रहर पुरा गर्न सक्षमहोस,नत्रभने काग लाई बेल पाक्यो हर्ष न विषमात् उखान सत्ययुक्ती नहोला भन्न पनि सकिन्न ।

अर्को कुरा गर्दा । हामीहरू पहिलेका जमिन्दार, बडघर, मुखियाहरू अहिले कुन अवस्थामा छौं त? यहि शिक्षा र राजनीतिक ज्ञानको अभावको कारणलेगर्दा आफुले जोतभोग गरेको जमिन जायजेथा आफ्नो नाममा दर्ता गराउनु पर्दछ भन्ने समेत भेव पाएनौं फलस्वरुप हाम्रा बिघौं बिघाहा जमिन बर्षौ बर्ष हकभोग जोतभोगमा रहेका घर, जमिनहरू अरुसमुदायका टाठाबाठाहरूले आफ्नो नाममा नामसारी गरेको पत्तो समेत पाएनौं विस्तारै हामी पाखा लाग्दै जमिन्दारबाट कमैया र कमैयाबाट भूमिहिन बन्न बाध्य भयौं त्यसकारण आफ्नो हक अधिकार मागेर नपाए खोसेर भएपनि लिन जान्नु पर्दछ ।

समय समयमा मलाई नपचेको कुरा गर्दा । हाम्रो कुनै अस्तित्व नै नभएको जस्तो हामीले आफूलाई सूचीकृत आदिवासी जनजाति अन्तर्गत आफ्नो हक अधिकारको अस्तित्व खोजेको देख्दा अचम्म पनि लाग्ने गरेको छ । के हामी आफुलाई आदीवासी जनजाति भनेरै परिचित गराउँदा गौरवान्वित महसुस गर्दछौं त? जबकी आदीवासी जनजातिको परिभाषा पनि देश, सम्प्रदाय, विद्ववानहरूको विचारमा यस्को अर्थ फरक फरक रुपमा परिभाषित गरेको पाईन्छ । (आदीवासी जनजातिबारे थप अध्ययन गर्नको लागि—नेपालका जनजातिहरू पुस्तक पढ्नुहोला) मेरो आफ्नो तर्क भन्नु पर्दा मलाई यी सूचीमा नराखी थारू भनेरै परिभाषित गर्नुमा म आफूलाई गर्वान्वित महशुस गर्ने गर्दछु । नेपाल सरकारले थारू जातिहरूलाई आदीवासी जनजातिको नाममा सूचीकृत जाति अन्र्तगत २७ प्रतिशत बिच खाँदेर सिमित प्रतिशतको आधारमा समानुपातिकको लोभ देखाएर उत्थानको नाममा लोभको भूमरीमा डुब्न बाध्य बनाएको महशुस गर्दछु । समानुपातिक समावेशी सिद्धान्तको आधारमा राज्यको निकायमा सहभागिता गराउन सरकार समक्ष थारु कोटा सुनिश्चित गर्न पनि म हार्दिक अपिल गर्न चाहन्छु ।

अन्तमा भन्नुपर्दाहामी थारू जातिहरूमा शिक्षा प्रतिको चेत र राजनीतिप्रतिको सोच नभएकै कारण जहिले पनि पछि परेको अवस्था छ । फलस्वरुप हामीलाई सधैं नै भोटर बैंकको रुपमा मात्र प्रयोग गर्ने गरिएकोपाईन्छ ।चुनावकै समयमा आँखामा छारो हाली रक्सीसँग ओट र बाटो पिच गरेको नाममाअलकत्रासँग भोट साटेको राजनीति हामीले चाँडैनै बुझ्न जरुरी छ । आफ्नो हकहितको लागि सधैं नै चनाखो रहीरहनु पर्दछ । धन्यवाद ।
लेखक नेपाल खुला विश्वविद्यायसँग आबद्ध छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *