प्रदेश १ : एमालेका एकमात्र थारु सांसद माधव नेपालको पार्टी रोजे
प्रदेश १ मा नेकपा एमालेका १० जना सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्। तीमध्ये थारु समुदायका एकमात्र सांसद सुनिता चौधरी पनि छिन्। उनीहरूमध्ये ७ जनाले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन्। उपेन्द्र घिमिरे, कृष्णकुमारी राई र राजेन्द्र राईले सनाखत गर्न बाँकी छ।
राजन राई, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले सनाखत गरिसकेका छन्। उनीहरुले बुधबार प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर सनाखत गरेका हुन्। ९२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ५१ सांसद छन्।
Facebook Comment