यस्तो बन्यो थारु वर्णमाला, १२ बुँदे निर्देशिका जारी
थारु भाषाको मानकीकरणका लागि थारु भाषाको मानक लेखन निर्देशिका तयार भएको छ। थारु आयोगले भक्तपुरको बोडेमा आयोजना गरेको चार दिने गोष्ठीले १२ बुँदे निष्कर्ष निकाल्दै निर्देशिका तयार पारेको हो। त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागका भाषा विशेषज्ञ प्राडा. दानराज रेग्मी र डा. नेत्रमणि दुमी राईको निगरानीमा निर्देशिका तयार भएको हो।प्रस्तावअनुार थारु भाषा मानकीकरणमा देवनागरी लिपिको प्रयोग गर्ने र थारु लिपि खोज अनुसन्धान गर्ने प्रयासलाई जारी राख्ने बताइएको छ।
त्यस्तै वर्णमाला बनाउँदा स्वर वर्णको कथ्यमा अ, आ, इ, उ, ए, ओ गरी ६ वटा वर्ण प्रयोग हुने भए पनि लेख्यमा अ, आ, इ, ई, उ, ऊ, ऋ, ए, ऐ, ओ, औ, अं, अः गरी १३ वटा वर्णको प्रयोग गर्ने प्रस्ताव गरिएको छ।
त्यस्तै व्यन्जन वर्णको कथ्यमा क, ख, ग, घ, ङ, च, छ, ज, झ, ट, ठ, ड, ढ, त, थ, द, ध, न, प, फ, ब, भ, म, य, र, ल, व, स, ह गरी २९ वटा वर्णको प्रयोग गर्ने प्रस्ताव गरिएको छ।
त्यस्तै लेख्य वर्णमा क, ख, ग, घ, ङ, च, छ, ज, झ, ञ, ट, ठ, ड, ढ, ण, त, थ, द, ध, न, प, फ, ब, भ, म, य, र, ल, व, स ह, लेख्ने, र श, ष, क्ष, त्र, ज्ञ समेत गरी ३६ वटा वर्णको आवश्यकताअनुसार प्रयोग गर्ने प्रस्ताव गरिएको छ। ‘ण, त, थ, द, थ र श, ष, क्ष, त्र र ज्ञ’लाई आवश्यकताअनुसारमात्र प्रयोग गर्न सकिने प्रस्तावमा उल्लेख छ।
त्यस्तै, संवर्णको रुपमा ड, ढ, ङ्ह, न्ह, म्ह, र्ह, ल्ह गरी ७ वटा वर्णको प्रयोग गर्ने, तत्सम, तद्भव र आगन्तुक शब्दलाई स्वीकार गरी लेख्ने निर्णय गरेको छ भने थारू मौलिक शब्दलाई उच्चारणको आधारमा ह्रस्व र दीर्घ दुवैको प्रयोग गर्ने प्रस्ताव गरिएको छ।
त्यस्तै पञ्चम वर्ण ङ, ञ, ण, न, म लाई देवनागरी लिपीमा भए अनुसार लेख्ने, अ, आ र उ उच्चारणबाट बन्ने शब्दमा चन्द्रविन्दु ( ँ ) को प्रयोग गर्ने । अन्यमा शिर विन्दू ( ं ) प्रयोग गर्ने प्रस्ताव गरिएको छ।
त्यस्तै पाउ विन्दू, हलन्त र अजन्त चिह्नहरूको आवश्यकताअनुसार प्रयोग गर्ने, स, श र ष मध्ये थारू मौलिक शब्दमा ‘स’ को प्रयोग गर्ने, तत्सम, र आगन्तुक शब्दहरूमा भने ‘श’ र ‘ष’ दुवै वर्णको समेत प्रयोग प्रस्ताव गरिएको छ।
त्यस्तै, कारक र विभक्ति चिह्न शब्दसँग जोडेर लेख्ने, खातिर र लाग विभक्ति छुट्टै प्रयोग गर्न सकिने र शब्दको शुरु र बीचमा इकारका लागि ( ि) चिन्हको प्रयोग गर्ने, तर शब्दको अन्त्यमा इकार का लागि ( ी ) र शुरु र बीचमा ह्रस्व उकार ( ु ), अन्त्यमा ऊ कार ( ू ) दीर्घ मात्रा शब्दको अन्तिममा प्रयोग गर्ने प्रस्ताव गरिएको छ।
थारू मौलिक शब्दमा ह्रस्व प्रयोग गर्ने, आगन्तुक शब्दमा स्रोतभाषाको लेखन प्रणाली अनुसार ह्रस्व र दीर्घ प्रयोग गर्ने प्रस्तावसमेत गरिएको छ। संयोजकको प्रयोग गर्दा थारु भाषाकमा काहेकि, तर, मने, मुले, काखरेकि, व, वा, ओ, तबमारे, ओह, ओरसे, ओहमार, कि, तौनफे, वा, लेकिन, मनो, क्याम्की, टभुफे, नै टो, हे, तथा, आर, तयो, महज, ताकि, मतर, और, हरे, नै ते, तौन, तौना, फिर, काकरेकि, कणिलेकि, कथिलेत, जब, तब, वकिन, आ, अउर, मगर, अगर, स्वयमसे, या त, तैयौ लगायत थारु समुदायमा प्रचलित संयोजकहरुको प्रयोग गर्ने प्रस्ताव गरिएको छ।
त्यस्तै संकयुक्त क्रियापद जोडेर (पदयोग) लेख्ने, तर आवश्यकता अनुसार पद वियोगग गर्ने (छुट्याएर लेख्ने) प्रस्तावसमेत गरिएको छ।
चार दिने कार्यशाला गोष्ठीलाई थारु आयोगले आयोजना गरेको थियो भे थारु कल्याणकारिणी सभाले सहजीकरण गरेको थियो। कार्यक्रममा २४ जिल्लाका थारु प्रतिनिधिहरु सहभागी थिए। जसमा बुद्धिजीबी, विज्ञ, पत्रकार र साहित्यकारहरुको सहभागिता रहेको थारु आयोगले जनाएको छ।
संशोधनलागी छिटै अर्को कार्यशाला हुन जरुरी छ । संभवतः सबै जिल्ला बाट भाषाको मानकीकरणको लागी बुद्धिजिवीलाई समाहित र सहभागी गरियोस।
प्रयास प्रति धन्यबाद । वर्ण प्रयोग गरी शब्द लेखी हेरीनु पर्ने र चयन गिरएका संयोजक शब्द कतिवटा थारू भाषिकाका हुन छुट्याई हेर्नु पर्ने । कतै कुनै भाषिकाका संयोजक त छुटेनन् ? हेरीनु देखीन्छ की?