असई पदमा १४ जना थारु युवाले निकाले नाम
नेपाल प्रहरीको जनपद समूहको प्रहरी सहायक निरीक्षक (असई) पदको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ। बिहीबार प्रकाशित नतिजामा पाँच सय १३ जनाले उत्तीर्ण भएका छन्। उत्तीर्ण भएकामध्ये खुला तथा आदिवासी जनजाति कोटाबाट १४ जना थारुहरुले नाम निकाल्न सफल भएका छन्।
नतिजाअनुसार आनन्द कुमार चौधरी, गणेश चौधरी, प्रसान्त सागर चौधरी, बसन्त चौधरी, बिक्रम थारु, महेश कुमार माझी थारु, मोहन चौधरी, राजन चौधरी, रुपेश चौधरी, सुकदेव चौधरी थारु, सन्तोग कुँवर थारु, सागर चौधरी, सुरेन्द्र थारु र महिलातर्फ दीपा चौधरी उत्तीर्ण हुन सफल भएका छन्।
हेर्नुस् रिजल्ट
Facebook Comment