आदिवासी विद्यार्थीका सबालमा सधैं अग्रसर भएर लाग्नेछु : चन्द्रप्रसाद चौधरी

थारु विद्यार्थी समाजका अध्यक्ष चन्द्रप्रसाद चौधरी नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको अक्ष्यक्ष पदमा निर्वाचित भएका छन्। काठमाडौंमा भएको महासंघको छैटौं महाधिवेशनले चौधरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो।

महासंघको महाधिवेशन विगत लामो समयदेखि अवरुद्ध बनेको थियो। कोरोना महामारीका कारण महासंघको महाधिवेशन झनै प्रभावित बनेको थियो। अध्यक्ष चौधरीले आफूलाई अध्यक्ष पदमा निर्वाचित गराउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका छन्।

‘लामाे समयदेखि अवरूद्ध भएकाे नेपाल आदिवासी जनजाति बिधार्थी महासंघकाे छैटाैं राष्ट्रिय महाधिबेशनमा सम्पूर्ण जातीय विद्यार्थीहरुको संग,संस्था,संगठन लगायत अध्यक्ष,पदाधिकारी,सदस्यहरूको महत्वपूर्ण अहम भूमिका निर्वाह गर्नुभएका साथै मलाई विशेषगरी महासंघको राष्ट्रिय समन्वय अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित गराउनुहुने सम्पूर्ण जातीय विद्यार्थीहरुको संघ/ संस्थाका अध्यक्ष,प्रतिनिधिहरुमा हार्दिक आभार ब्यक्त गर्दछु। मेरो नेतृत्वमा आउनु भएका सम्पुर्ण पदाधिकारी, सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको धेरै धेरै शुभकामनासहित यसैगरी नै यो संगठनप्रति सधैंभरि मायागरी सहयोग गरी मलाई र मेरो टिममा साथ दिनुहुने छ भन्ने पूर्ण विश्वास साथ आगाडि बढ्नेछौं,’ निर्वाचिपछि उनले भने।

कार्यक्रमलाई सहयोग गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेका संस्थापक अध्यक्ष रामबहादुर थापा मगर, पूर्व अध्यक्ष दुजाङ शेर्पा, वरिष्ठ उपाध्यक्ष महासचिवलगायत अध्यक्ष मण्डलका सदस्यहरुलाई चौधरीले धन्यवाद दिएका छन्। उनले आफ्नो कार्यकालमा आदिवासी जनजाति विद्यार्थीहरुको हकहितका लागि सधैं अग्रसर भएर लाग्ने बताए। थारुवानसँग संक्षिप्त कुरा गर्दै उनले थारु विद्यार्थी समाजसँगै आदिवासी जनजाति विद्यार्थी महासंघलाई पनि अगाडि लैजाने बताए।

‘मेरो काँधमा दोहोरो जिम्मेवारी थपिएको छ। थारु र नेपाल आदिबासी जनजाति विद्यार्थी महासंघ’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *