उमाशंकर पञ्जियारसहित प्रहरीका ११ एसपीलाई एसएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका ११ प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक पद (एसएसपी)मा बढुवा सिफारिस भएका छन्। गृहमन्त्रालयको बुधबार बसेको बढुवा समितिको बैठकले ११ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो।

प्रहरी प्रधान कार्यालय, नक्सालले प्रकाशन गरेको सूची अनुसार कृष्णकुमार महत, गोविन्दकुमार शाह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुधन लुइँटेल र मोहनप्रसाद पोखरेललाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *