नक्कली मान्छेहरुको घुसपैठले टीकापुर घटना घटायो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले टीकापुर घटनामा नक्कली मान्छेहरुको घुसपैठ भएको बताएका छन्। कैलालीको धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेकपा अध्यक्षसमेत रहेका ओलीले नक्कली मान्छेहरुले टीकापुर घटना घटाएको बताए।

‘यहाँ जातजातमा मारामारी गर्न लगाउने प्रयासहरु भएका छन्। यही टीकापुर कान्ड भयो। विभिन्न ढंगले त्यसको रचना गरियो,’ प्रधानमनत्री ओलीले भने, ‘टीकापुर घटना घट्नुअघि यहाँ विभिन्न नक्कली मान्छेहरु आए, उचाले। कसैले पहाडियाका नारा लगाए। कसैले थारुका नारा लगाए। जनता जनतामा विभाजन ल्याउन खोजे।’

उनले टीकापुर घटनामा आज पनि कतिपय थारु नेताहरु जेलमा रहेको बताए। ‘टीकापुर घटनामा कतिपय थारु नेताहरु जेलमा छन्। कतिपयलाई वारेन्ट होला। यी सबै कुरा हामीहरु हेरिरहेका छौं,’ उनले भने, ‘पहिल्यै अदालती प्रक्रियामा गइसकेकाले, पहिल्यै असहज स्थितिमा फसिसकेकाले किनारामा नपुगिकन केही गर्न सक्ने स्थिति हुँदैन, कानुनी प्रक्रियाका हिसाबले। त्यसपछि हामीले यसको समाधान दिनेछौं।’

उनले तराई भूमि थारुहरुकै भएको बताए। उनले यो देश पनि थारुहरुकै भएको बताए। ‘म यहाँका थारु दिदीबहिनी दाजुभाइहरुलाई भन्न चाहन्छु। यो भूमि हामी सबैको हो। तराईको कञ्चनपुरदेखि झापासम्म थारुहरुको भूमि हो। किनकि उनीहरु यही बसोबास गर्छन्।’

उनले थारुहरु यो देशमा मात्र रहेको दाबीसमेत गरे। ‘अन्यत्र छैन थारुहरु। यही देशमा मात्र थारुहरु छन्। यसकारण यो देश थारुहरुको पनि देश हो। जहाँसुकै रहून, भद्रपुरमा रहुन कि महाकालीको किनारमा रहुन। जहाँ रहेपनि यो थारुहरुकै देश हो,’ उनले भने।




2 thoughts on “नक्कली मान्छेहरुको घुसपैठले टीकापुर घटना घटायो : प्रधानमन्त्री ओली

  1. झापामा किसान अान्दोलन का नाममा थारुहरु लाई हत्या गरि १४ बर्ष जेल काटेका निवर्तमान पि एम वलीले फेरि थारूलाई अफ्नाे जालो मा पार्ने काेशिस गर्दै छन्

  2. यो दहिचिउरे कुरा गर्दै छ पानि माथि ओबानो हन खोज्दै छ ,साला भित्र भित्र छुरा हान्ने बाहिर बाहिर महान सादु सन्त जस्तो अईले आएर राम्रो बन्न खोज्दै छ किन भने यो समय भनेको उस्लाई भोखमरी चलेको छ ।
    अब भोटको भिख माग्नु परेन ?
    बुझिराखौ अनि चिनि राखौ दाजु भाईहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *