१० लाख लगानीमा थारु म्युजिक भिडियो बन्दै, पल शाहले गर्दैछन् अभिनय

पहाडी बठिनियापछि चर्चित अभिनेता पल शाह पुनः एकपटक थारु म्युजिक भिडियोमा देखिने भएका छन्। नरेश जोगी र अन्नु चौधरीको दुई थारु गीतमा पल शाहले अभिनय गर्दैछन्।

दिन गिन गिन र मेरी थरुनी गीतको सुटिङका लागि यतिबेला पल शाह बाँके र बर्दियाका विभिन्न लोकेशनमा रहेको गायक नरेश जोगीले जानकारी दिए। उनका अनुसार एउटा गीतमा पल शाह र गरिमा शर्माले अभिनय गर्दैछन् भने अर्को गीतमा पल शाह र ममता चौधरीले अभिनय गर्दैछन्।

दुबै गीतको बाँकेको गाभर भ्याली र बर्दियाका विभिन्न स्थानमा सुटिङ भइरहेको बताइएको छ। दुबै गीतलाई विक्रम चौहानले निर्देशन गर्दैछन् भने अर्जुन तिवारीले छाँयाकन गर्दैछन्। एसथ्रीके इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेका दुई वटा म्युजिक भिडियोको लागत करिब १० लाख नेपाली रुपैयाँ रहेको बताइएको छ।
भिडियो रिपोर्ट हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *