भारोत्तोलनकी सञ्जु चौधरी उत्कृष्ट युवा खेलाडीको मनोनयनमा

पल्सर स्पोर्ट्स अवार्डको उत्कृष्ट युवा खेलाडीमा भारोत्तोलनकी सञ्जु चौधरी मनोनयनमा परेकी छन्। खेलकुद पत्रकार मञ्चले मंगलबार सार्वजनिक गरेको मनोनयमा सञ्ज पनि परेकी हुन्। उक्त विधामा सञ्जुसँगै तेक्वान्दोकी सिना लिम्बु मादेन, तेक्वान्दोकै भुपेन श्रेष्ठ र जुडोकी पुनम श्रेष्ठ पनि परेका छन्।

सञ्जु चौधरीले गत १३औं दक्षिण एसियाली खेलकुदमा भारोत्तोलनतर्फ स्वर्ण पदक जित्दै इतिहास रचेकी थिइन्। उनले महिलातर्फ ५९ केजी तौल समूहमा श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेकी थिइन्।

सञ्जुले स्न्याचमा ७४ र क्लीन एण्ड जर्कमा ९७ सहित १७१ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान (स्न्याच, क्लीन एण्ड जर्क तथा टोललतर्फ) का साथ साग भारोत्तोलनमा महिलातर्फ पहिलो स्वर्ण जितेकी थिइन्।

पल्सर अवार्ड पुस २८ गते ललितपुरको सातदोवाटोस्थित कराते हलमा सेमि भर्चुअल हुने मञ्चले जनाएको छ। मञ्चले विभिन्न १० विधामा अवार्ड प्रदान गर्दैछ। पल्सर स्पोर्ट्स अवार्डमा पिपुल्स च्वाइस, वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षकसँगै, पारा एथलिट, स्पेशल, लाइफटाइम एचिभमेन्ट , एकजना अन्तर्राष्ट्रिय खेल पत्रकारको घोषणा कार्यक्रमकै दिन हुने बताइएको छ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *