काठमाडौंमा खुल्यो ‘थनेत कृषि बजार’

काठमाडौंको नयाँ बानेश्वर थापागाउँमा कृषि उपजसम्बन्धी नयाँ बजार बजार खुलेको छ । शुुक्रबार कृषि तथा पुशपक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले ‘थनेत कृषि बजार’ सो बजारको उद्घाटन गरेकी हुन् ।

रैथाने कृषि उपजलाई सहज रुपमा सुपथ मूल्यमा उपभोक्ताको भान्सामा पुर्‍याउने उद्देश्यले निजी लगानीमा स्थापित थनेत प्लानेट फार्मले बजारको सञ्चालनमा ल्याएको अध्यक्ष लोकबहादुर थनेत बताए ।

उनले नेपाल कृषिप्रधान मुलुक भए पनि कृषि उपज किन्दा बिचौलियालाई चर्को मूल्य तिर्न बाध्य भएको भन्दै किसानले आफैं आएर आफ्नो कृषि उपज बेच्न पाउने व्यवस्था यो बजारमा रहेको समेत बताए ।

उनले भने, ‘यहाँ ल्याउन नसक्ने व्यवसायी साथीहरुका लागि हामी आफैं किसानको खेतबारीमा पुगेर संकलन गरेर उपलब्ध गराउँछौं ।’ उनले कृषि क्षेत्रमा काम गर्नेले दशौं वर्ष काम गर्दा पनि केही पाउने अवस्था नरहेको भन्दै यो बजारमा काम गर्ने व्यक्तिलाई सञ्चयकोषको व्यवस्था गर्ने समेत बताए ।

उद्घाटन समारोहमा बोल्दै कृषिमन्त्री अर्यालले कृषि क्षेत्रका श्रमिकलाई सम्मान गर्ने वातावरणको विकास गर्दै जानुपर्ने बताइन् । ‘उनले कृषि क्षेत्रमा काम गर्नुभन्दा चौचारीमा बसेर चुट्की मार्नेले सोचले कृषि क्षेत्र समस्यामा परेको बताइन् ।’ सो बजारमा २६ वटा स्टल रहेको छ । यो बजार निकट भविष्यमै काठमाडौं महानगरको सबै वडामा विस्तार गर्ने योजना रहेको बजारका प्रबन्ध निर्देशक हरिराम भण्डारीले बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *