थारु साहित्यको विकासका लागि सुर्खेतमा एक दिने प्रशिक्षण

जंग्रार साहित्यिक बखेरी शाखा सुर्खेतले नव युवा थारु साहिल्यकार एवं बुद्धिजीबीहरुबीच गजल, कथा, निबन्ध कसरी लेख्ने लेखन सिप सेसनमा कथासम्बन्धी साहित्यकार मानबहादुर चौधरी पन्ना गजल लेखन सिपसम्बन्धी गजलकार तथा साहित्यकार सोम प्रसाद डेमनडौरा र निबन्ध डायरी लेखन बारे लेखिका बालिका चौधरीले प्रशिक्षण गर्नुका साथै साहित्यसम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

सो कार्यक्रमा सुर्खेतमा रही थारु साहित्य, संस्कृतिसम्बन्धी महत्वपूर्ण भूमिका खेल्दै आउनु भएका जंग्रार साहित्यिक बखेरीका केन्द्रीय अध्यक्ष सोम डेमनडौरालाई मायाको चिनोसहित बिदाइ गरेको कुरा शाखा सुर्खेतका जित बहादुर चौधरीले बताए। अध्यक्ष डेमनडौरा विगत एक वर्षदेखि सुर्खेतमा रहेका थिए। हालः उनको सुर्खेतबाट जान लागेकाले सो कार्यक्रमको आयोजना गरिएको हो।

थारु कल्याण कारिणी सभा सुर्खेतका सल्लाहकार जागुराम थारुले आफ्नो भाषा साहित्य संस्कृतिप्रति हामी आफैँले जुट्नुपर्नेमा जोड दिए। कार्यक्रममा बोल्दै नागरिक समाज कैलालीका संयोजक दिल बहादुर चौधरीले अबको भाषा संस्कृति बचाउने जिम्मा युवाले नलिन सके थारु भाषा लोप हुन सक्ने भएकाले हामी सबैले कलम चलाउनु पर्ने जरुरी रहेको औँल्याए।

थारु बुद्धिजीबी सनिसरा महतत्तमले सुर्खेतमा रहेको लखागिन साहित्य शृङ्खलामार्फत् साँस्कृतिक अभियान चलाउदै लोप भइरहेका गीत सखिया नाच, मघौटा नाच लगायत पुस्तक प्रकाशन गरी दस्तावेजीकरण नगरेसम्म हाम्रो संस्कृति धरापमा पर्न सम्ने चिन्ता व्यक्त गरे। कार्यक्रममा आइएन एफका प्रमुख मंगल थारु, विश्व शिक्षा कार्यक्रमका निराजन चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा विभिन्न नव स्रष्टाहरुले गजल कविता वाचन पनि गरेका थिए। विदाइ तथा अन्तरक्रिया कार्यक्रम जंग्रार साहित्यिक बखेरी सुर्खेतका संयोजक मानबहादुर चौधरी पन्नाको सभापतित्वमा सम्पन्न भएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *