थारु संग्रहालयको उचित संरक्षण र प्रवर्द्धनका लागि समिति गठन

थारुहरुको जातीय पहिचान जोगाउन यतिबेला शिवराजका थारुहरु अग्रसर भएका छन् । पछिल्लो समय थारु जातिको भेषभुषा, संस्कृति हराउँदै जाँदा यहाँका थारु अगुवाहरु संगठित रुपमा अगाडि सरेका हुन् ।
थारु संस्कृतिको संरक्षण र जातीय पहिचान जगेर्ना गर्न धार्मिक एवं पर्यटकीय स्थल शिवराज नगरपालिका १, उमरी डाँडामा थारु संग्रहालय निर्माण हुँदैछ । संग्रहालयकै उचित रेखदेख, संरक्षण, सम्बद्र्धन र प्रवर्द्धनमा थप टेवा पुर्‍याउन थारु संग्रहालय संरक्षण समिति गठन गरिएको छ ।

उमरीडाँडामा बसेको थारु कल्याणकारिणी सभा शिवराज नगर समितिको वृहत भेलाबाट थाकस शिवराजका सचिव प्रकाश थारुको अध्यक्षतामा १३ सदस्यीय संग्रहालय संरक्षण समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा हरिप्रसाद चौधरी, सचिवमा राम नरेश चौधरी, कोषाध्यक्षमा रेशम थारु र सहसचिवमा सुरेश चौधरी भेलाले सर्वसम्मत चयन गरेको छ । यस्तै सदस्यहरुमा सज्जन थारु, सरिता थारु, सुरेन्द्र प्रसाद चौधरी, माधवराज थारु, शिवप्रसाद थारु, दीपा चौधरी, रामकली थारु र हरिप्रसाद थारु चयन भएको नव गठित समिति अध्यक्ष प्रकाश थारुले जानकारी दिए ।

थारु संग्रहालयको उचित विकास, संरक्षण र प्रवद्र्धनका लागि भेलाले शिवराज नगरपालिका, थारु कल्याणकारिणी सभा शिवराज नगर समिति र व्यापार संघ कपिलवस्तुलाई संरक्षकको रुपमा चयन गरेको छ । यस्तै समितिका पदाधिकारीहरुलाई आवश्यक सुझाव सल्लाहका लागि शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारु, वडा नं. १ का वडाध्यक्ष जगतबहादुर घर्ती क्षेत्री, वडा नं. २ का वडाध्यक्ष राम बहादुर चौधरी, सीताराम चौधरी, अमृत भुसाल, पुष्पराज अधिकारी र लक्ष्मण थारुलाई सल्लाहकारको रुपमा निर्णय पारित गरेको छ ।

कार्यक्रममा थारु कल्याणकारिणी सभा केन्द्रिय सदस्य सुमित्रा थारुले शिवराजको उमरीडाँडामा निर्माण भएको संग्रहालय समग्र शिवराज नगरपालिकाकै गहना भएको विचार व्यक्त गरिन् । थारु संग्रहालयले थारु जातिको भेषभुषा, संस्कृतिका साथै जातीय पहिचानको जगेर्नामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । यसका लागि पनि थारु अगुवाहरु संग्रहालयको उचित संरक्षण र प्रवद्र्धनमा अग्रसर हुनुपर्ने सुझाव दिइन् ।

थारु कल्याणकारिणी सभा जिल्ला अध्यक्ष उमाशंकर चौधरी, जिल्ला सचिव जगतदेव थारुले समेत थारु संग्रहालयलाई सबैको आकर्षणको केन्द्रविन्दु बनाउन सबै थारुहरु अग्रसर हुनुपर्ने तर्क राखे । शिवराज नगरपालिका वडा नं. २ का वडाध्यक्ष रामबहादुर चौधरीले नव गठित समितिका पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिंदै थारु संग्रहालयले यस क्षेत्रकै पहिचान बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । वडाध्यक्ष थारुले आउने पछिल्लो पिंढीका लागि पनि आफ्नो पहिचान जोगाउन थारुहरु अग्रसर हुनुपर्नेमा जोड दिए ।

यता व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले नव गठित संग्रहालय संरक्षण समितिका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिंदै यस ठाउँमा थारु संग्रहालय स्थापनामा आफ्नो पनि महत्वपूर्ण भूमिका रहेको औल्याए । साथै थारु संग्रहालयको उचित संरक्षण, प्रवद्र्धन र सुन्दरीकरणका लागि आफूले सकेसम्मको सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । सोही प्रसंगमा उनले यही पुस १३ गते सोमबारका दिन व्यापार संघ कपिलवस्तुद्वारा रक्तदान कार्यक्रमको आयोजना गरेकाले सबैले रक्तदान गरी सहयोग पु¥याउन आग्रह गरे ।

कार्यक्रममा वडा नं. ३ का वडासदस्य श्यामलाल थारु, ज्ञानज्योति आधारभूत विद्यालयका अध्यक्ष पुष्पराज अधिकारी लगायतले धारणा राखेका थिए । कार्यक्रममा थारु कल्याणकारिणी सभा शिवराज नगर समितिका अध्यक्ष इन्द्रबहादुर थारुले उपस्थित सबैलाई धन्याबाद ज्ञापन गर्दै थारु संग्रहालयको संरक्षण र प्रवद्र्धनका लागि सबैसँग हातेमालो गरी अगाडि बढ्ने प्रतिबद्धता जनाए । साथै थाकस नगर उपाध्यक्ष सुमन थारुले कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पारेका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *