थाकस युएईद्वारा टीकापुर राजबन्दी परिवारलाई आर्थिक सहयोग

थारु कल्याणकारिणी सभा (थाकस) युएईले टीकापुर घटनाका राजवन्दी परिवारलाई आर्थिक सहयोग गरेको छ। सभाले कैलाली जिल्ला अदालतले आजीवन काराबास सुनाएका दस जनालाई आर्थिक सहयोग गरेको हो।
पीडित परिवारलाई थारु नयाँ वर्ष माघीमा गर्जो टार्नका निम्ति जनही ११ हजार रुपैयाँ प्रदान गरिएको सभाका सचिव धर्मराज महतोले जानकारी दिए।

टीकापुरस्थित थारु कल्याणकारिणी सभाको हलमा आयोजना गरिएको कार्यक्रममा थाकस युएईका पूर्व अध्यक्ष एवं संस्थापक सदस्य किशोर चौधरी, पूर्व महासचिव मान महतो, हालका सचिव धर्मराज महतो, पूर्व उपाध्यक्ष जगुराम चौधरी र पूर्व सदस्य बुद्धिराम चौधरीले सहभागी थिए।


सभाले राजेश चौधरी, सन्तकुमार चौधरी, वृजमोहन चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, प्रदीप चौधरी, गंगाराम चौधरी, श्रवण चौधरी, हरि नारायण चौधरी र वीर कुमार चौधरीको परिवारलाई रकम हस्तान्तरण गरिएको थियो।

कार्यक्रमको संयोजन थारु विद्यार्थी समाज, कैलालीका तर्फबाट आशिष चौधरीले गरेका थिए। थाकस युएईले नेपालको विभिन्न सामाजिक काममा आर्थिक सहयोग गर्दै आएको छ। उसले युएईमा पीडित थारुहरुलाई समेत सहयोग गर्दै आएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *