राष्ट्रपति र प्रधानमन्त्रीले ‘कू’ गरेर संसद विघटन गरे : गोपाल दहित

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपाल दहितले राष्ट्रपति र प्रधानमन्त्री मिलेर कू गरेको आरोप लगाएका छन्। नेपाली कांग्रेसको बर्दियाको राजापुरमा आयोजित विरोधसभामा बोल्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धज्जी उडाउँदै कू गरेको आरोप लगाए।
‘राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधानको धज्जी उडाउँदै संसद विघटन गरेको छ। यो नेपाली जनताको अपमान हो। नेपाली जनताले दिएको मतको अपमान हो,’ उनले भने।
उनले दुई तिहाईको सरकार छिमेकीको गुलाम भएको आरोपसमेत लगाए। उनले कम्युनिस्टहरुको सरकार भ्रस्टचारमा चुरलुम्म डुबेको भन्दै उनीहरुलाई ठेकान लगाउन नेपाली कांग्रेसले ठेकान लगाउने बताए। त्यसैका निम्ति आज आफूहरु सडकमा आएको उनले बताए।
भिडियो हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *