थाकस युएईमा नयाँ नेतृत्व चयन, खोर बहादुर चौधरी बने नयाँ अध्यक्ष

थारु कल्याणकारिणी सभा (थाकस) युएईको पाँचौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। शुक्रबार दुबईको जाबिल पार्कमा सम्पन्न अधिवेशनले खोर बहादुर चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। रुपेश चौधरीको अध्यक्षतामा सम्पन्न भेलाले कार्यसमितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरु सर्वसम्मतले चयन भएका हुन्।

प्रचार प्रसार विभाग प्रमुख रोशन महतोका अनुसार वरिष्ठ उपाध्यक्षमा लाल बहादुर चौधरी, उपाध्यक्षमा रुकमिणी चौधरी, जनक लाल चौधरी, भागरथी कुमार भगत चयन भए। त्यस्तै महासचिवमा खेम महतो थारु, सचिवमा धर्मराज महतो, कोषाध्यक्षमा श्री कृष्ण चौधरी, सह कोषाध्यक्षमा भुपेन्द्र थनेत चयन भए।

त्यस्तै राहत कोषको संयोजकमा शिव नारायण माझी, साँस्कृतिक विभागमा तुलसी महतो र मन प्रसाद चौधरी, महिला विभागमा पवित्रा महतो र सरस्वती चौधरी, प्रचार प्रसार विभागमा रोशन महतो र सूर्य नारायण चौधरी चयन भए।

त्यस्तै केन्द्रीयमा चुडामणि महतो, जितेन्द्र महतो, मनोज खवास थारु, सन्जय रौताभागी चौधरी, सुरेश रौताभागी चौधरी, धनिराम थारु, दिपेन्द्र कुमार माझी, प्रेम चौधरी, रिना महतो, संगीता महतो, गुन बहादुर थनेत, बुद्धिराम महतो, अजय चौधरी, सन्जिप चौधरी, श्याम कुमार चौधरी, लक्ष्मण घारु चौधरी, तुलसी कुमार माझी, भुपेन्द्र कुमार सरदार, जयप्रकाश थारु. शत्रुधन चौधरी, राम कुमार माझी, वीर नारायण चौधरी, सुमन तब्दार, विद्यानन्द चौधरी, रमानन्द चौधरी, तुलसी खा र जानकी महतो रहेका छन्।

हालः २७ सदस्यीय कार्यसमिति चयन भएको महतोले जानकारी दिए। कार्यसमिति आवश्यकताअनुसार बढाउन सकिने बताइएको छ। त्यस्तै सभाको संरक्षकमा रुपेश चौधरी, घनश्याम प्रसाद चौधरी र सल्लाहकारमा बासुदेव चौधरी र कमल चौधरीलाई चयन भएका छन्।

थाकस युएईले त्यहाँ रहेका थारुहरुको छाता संगठन हो। सभाले युएईमा थारुहरुलाई समस्यामा पर्दा सहयोग गर्दै आएको छ। त्यतिमात्र नभएर युएई थाकसले सामाजिक काममा प्रवासबाट अग्रनी संस्थाको चिनारीसमेत बनाएको छ।




2 thoughts on “थाकस युएईमा नयाँ नेतृत्व चयन, खोर बहादुर चौधरी बने नयाँ अध्यक्ष

  1. आज बिश्वा भरि छरिएर बस्नु हुने। नेपाली माझ म आफ्नो थारु युवा हरुको बुलन्द आवाज बिदेशी भुमि मा फर्को मरिसकेको समाचार सुन्न पाउदा गर्वले छती फुलेर आउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *