थारु आयोगको सदस्यमा नियुक्तिका लागि चार जनाको नाम सिफारिस

संवैधानिक परिषद्ले रिक्त विभिन्न संवैधानिक पदमा नियुक्तिका लागि सिफारिस गरेको छ। परिषद्ले नियुक्तिका लागि सिफारिस गरेको पत्र आइतबार संसद सचिवालयमा पुगेको छ। परिषद्ले थारु आयोगमा विकास चौधरी, बबिता चौधरी, सुबोधसिंह थारु र भोलाराम चौधरी चौधरीलाई नियुक्तिका लागि सिफारिस गरेको हो।

थारु आयोगमा सदस्यहरु रिक्त रहेका थिए। थारु आयोगमा अध्यक्षमा यसअघि नै बर्दियाका विष्णु प्रसाद चौधरी नियुक्त भएका थिए।

यी हुन् परिषद्ले सिफारिस गरेकाहरूः

अख्तियार दुरूपयोग अनुसन्धान आयोग: प्रेमकुमार राई (प्रमुख आयुक्त) जयबहादुर चन्द (आयुक्त), किशोरकुमार सिलवाल (आयुक्त)

निर्वाचन आयोग: रामप्रसाद भण्डारी, डा. जानकी तुलाधर

मानवअधिकार आयोग: तपबहादुर मगर (अध्यक्ष), सदस्यहरू:  मनोज दुवाडी, डा. सूर्य ढुंगेल, लिलि बस्नेत थापा, मिहिरकुमार ठाकुर

राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोग: जुद्ध गुरुङ, अमरराज मिश्र

महिला आयोग: कमलाकुमारी पराजुली (अध्यक्ष), सदस्यहरू : कृष्णकुमारी पौडेल खतिवडा, विद्याकुमारी सिन्हा

दलित आयोग: देवराज विक (अध्यक्ष),  सदस्यहरू : मिना सोभ, परशुराम रमतेल, कुञ्ज बराइली, मेहेले पार्की

राष्ट्रिय समावेशी आयोग: मनप्रसाद खत्री (अध्यक्ष),  सदस्यहरू : रामचन्द्र जोशी, हरिभक्त जोशी, जितेन्द्र पाश्वान

आदिवासी जनजाति आयोग: रामबहादुर थापा (अध्यक्ष), सदस्यहरू : मीन श्रीस मगर, मिनसिंह लामा, रिना राना, चरण राई

मधेशी आयोग: जीवक्ष साह, रेणुदेवी शाह, विजय गुप्ता

थारु आयोग: विकास चौधरी, बबिता चौधरी, सुबोधसिंह थारु, भोलाराम चौधरी

मुस्लिम आयोग: महमुद्दिम अलि, मिर्जाअर्सद बेग




Leave a Reply

Your email address will not be published. Required fields are marked *