थारु युवा सभाका केन्द्रीय कोषाध्यक्षमाथि सांघातिक आक्रमण

थारु युवा सभाका केन्द्रीय कोषाध्यक्षमाथि सांघातिक आक्रमण भएको छ। युवा अगुवा मुक्ति थनेतका अनुसार सभाका कोषाध्यक्ष पिताम्बर महतोमाथि सांघातिक आक्रमण भएको हो।

उनको टाउकोमा गम्भीर चोट लागेको र एक ठाउँमा गहिरो काटिएको थनेतले जानकारी दिए। महतोलाई नवलपरासीस्थित उनकै गाउँ मदनपुरमा बिहीबार साँझ कुटपिट गरएको प्रहरीले जनाएको छ। कुटपिट गर्नेहरुलाई प्रहरीले आवश्यक कारबाही गर्ने तयारी गरेको बताइएको छ।

प्रहरीका अनुसार जाँड खाएर महतोमाथि एक्कासि आक्रमण भएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *