प्रदेश २ लोकसेवा आयोगद्वारा २४ पदमा विज्ञापन आह्वान

प्रदेश २ को लोकसेवा आयोगले पहिलो पटक प्राविधिकतर्फको रिक्त दरबन्दीका लागि दरखास्त आह्वान गरेको छ । आयोगले राजपत्रांकित तृतीय श्रेणी/सातौं तह (प्राविधिक) मा दरखास्त आह्वान गरेको हो । खुल्लातर्फ इन्जिनियरतर्फ सिभिल हाइवेमा ३ जना, सिभिल स्यानिटरीमा २, सिभिल इरिगेसनमा १ र सिभिल जनरल पदमा २ जनाको माग गरिएको छ ।

आरक्षणतर्फ महिलाका लागि सिभिल हाइवे, सिभिल स्यानिटरी, सिभिल जनरल पदमा १/१ जना माग गरिएको छ । त्यस्तै सिभिल, हाइवे र सिभिल जनरलमा आदिवासी जनजाति १/१ र मधेसी १/१ पद माग गरिएको छ ।

खुल्लातर्फ सिभिल, विल्डिङ एण्ड आर्किटेस्टमा ४ जना, आरक्षणतर्फ महिला, आदिवासी जनतजाति, मधेशी र दलितका लागि १/१ पद आरक्षण दिइएको छ । जियोलाजी हाइड्रोजियोलोजी खुल्लामा १ जना माग गरिएको छ भने महिला १ जना माग गरिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *