तीन वटा म्युजिक भिडियो सार्वजनिक

खेम चौधरी र अन्नु चौधरीको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ। एनडि स्टुडियोले सार्वजनिक गरेको छन् छन् छनाछन् बोलको गीतमा दीपेन्सु चौधरी शब्द संगीत र गणेश चौधरीको संगीत संयोजन रहेको छ।
गीतको म्युजिक भिडियोमा केप चौधरी र मोनिका चौधरीले अभिनय गरेका छन्। दिपेन्सु र प्रिन्सले संयुक्तरुपमा निर्देशन गरेको भिडियोलाई पतिराम र विजय खोजवारले खिचेका हुन् भने सुरेश चौधरीले सम्पादन गरेका छन्।

त्यस्तै गणेश चौधरी र समीक्षा चौधरीको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा समीक्षाको शब्द र गणेश चौधरीको संगीत रहेको छ। मुकुन्द जिसीले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको भिडियोमा मुकुन्द र अन्जु कुश्मीको स्वर रहेको छ। भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन्।

त्यस्तै रजनीकान्त जसराजले आफ्नो युट्युब च्यानलबाट नयाँ गीत सार्वजनिक गरेको छ। संजय चौधरी र मधुरिपुको स्वर रहेको जेठी केटीमा संजय र मधुरिपुकै शब्द संगीत रहेको छ। भिडियोमा किपा श्रेष्ठ, विवेक बज्रचार्यलगायतले अभिनय गरेका छन्।
भिडियोलाई रजनीकान्त, नविनलगायतले छायाँकन तथा सम्पादन गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *