युनिक नेपाल उत्कृष्ट करदाताको रुपमा सम्मानित

बर्दिया जिल्लाबाट सबैभन्दा बढी आयकर दाताको रुपमा युनिक नेपाललाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरिएको छ। बर्दियाको राजापुरमा प्रधान कार्यालय रहेको युनिक नेपाल नवौं राष्ट्रिय कर दिवसको अवसरमा सम्मानित भएको हो। आर्थिक वर्ष २०७५-०७६ मा जिल्लामै बढी कर तिरेको भन्दै आन्तरिक राजस्व कार्यलयको गुलरियास्थित कार्यलयले युनिक नेपाललाई सम्मान गरेको हो।

युनिक नेपालका महासचिव महादेव चौधरीका अनुसार प्रमुख अतिथि जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकर थारुले कार्यक्रम आयोजना गरी सम्मानपत्र प्रदान गरेका थिए। युनिक नेपालका तर्फबाट अध्यक्ष प्रिम बहादुर थारुले सम्मान पत्र ग्रहण गरेको उनले बताए।

विस‌ं २०५२ सालमा स्थापना भएको युनिक नेपालले सामाजिक  क्षेत्रमा काम गर्दै आएको छ। थारु समुदायको उत्थानमा बर्दियालगायत पश्चिम तराईमा युनिक नेपालले अग्रनी भूमिका निर्वाह गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *