क्रिकेट खेलाडी सरस्वती चौधरी ‘बी’ र ममता र अनुराधा चौधरी ‘सी’ श्रेणीमा

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय पुरुष तथा महिला खेलाडीको वर्गीकरण परिमार्जन गरेको छ। क्यानको शनिबार कार्यकारी कमिटीको भर्चुअल बैठकले खेलाडीको वर्गीकरण सुधारेको हो। यसअघि क्यानले गरेको ‘सेन्ट्रल कन्ट्रयाक्ट’मा रहेका खेलाडीको वर्गीकरण विवादित बनेको थियो।

नयाँ वर्गीकरणअनुसार राष्ट्रिय महिला क्रिकेटतर्फ सरस्वती चौधरी बी श्रेणीमा परेका छन् भने अनुराधा चौधरी, ममता चौधरी सी श्रेणीमा परेका छन्।

‘ए’ श्रेणीमा पर्नेहरु रुविना क्षेत्री, नेरी थापा, सीता रानामगर, इन्दु बर्मा र करुणा भण्डारी छन्। त्यस्तै ‘बी’ श्रेणीमा ज्योति पाण्डे, रोमा थापा, अप्सरी वेगम, बिन्दु रावल, कविता जोशी, ऋतु कनौजिया, काजल श्रेष्ठ, सरिता मगर र सरस्वती चौधरी छन्।
त्यस्तै ‘सी’ श्रेणीमा कविता कुँवर, अनुराधा चौधरी, डोली भट्ट, ममता चौधरी, सोनु खड्का, अञ्जली चन्द, शोभा आले र सुमन खतिवडा खतिवडा छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *