श्रीदेवी अभिनित सालीभाटु ३ गीतको म्युजिक भिडियो सार्वजनिक

श्रीदेवी चौधरी अभिनित सालीभाटु ३ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। राप्ती फिल्मस् प्रोडक्सनले सार्वजनिक गरेको भिडियोमा श्रीदेवीसँगै प्रिन्सले अभिनय गरेका छन्।

सुशील दहितको शब्द र सिएल चौधरीको अरेन्ज रहेको गीतमा समीक्षा चौधरी र अभिमन्यु चौधरीको स्वर रहेको छ। राप्ति फिल्मसले निर्माण गरेको भिडियोलाई एचसी सुगमले निर्देशन गरेका हुन्।

त्यस्तै जिएच मिडियाले हिर्दा बैस गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ। विवश र आशिकाले अभिनय गरेको भिडियोलाई यमबहादुर चौधरीले खिचेका छन् भने विवश आफैँले निर्देशन गरेका छन्।
सोम डेमेनडौराको शब्द रहेको गीतमा अन्नु चौधरी र सिएल चौधरीको स्वर रहेको छ भने सिएल आफैँले संगीत भरेका छन्।

त्यस्तै अन्नु चौधरीको दुई नेपाली गीत सार्वजनिक भएको छ। उत्तम राईसँग ड्युट रहेको हाम्रो माया गीतको म्युजिक भिडियो उत्तम राईले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन्। लेखु सयपत्रीको शब्द र उत्तमकै सगीत रहेको गीतको म्युजिक भिडियोमा उत्तम राई अनुशा राईले अभिनय गरेका छन्।

त्यस्तै मरेर जानी यो जिन्दगानी बोलको गीतमा अन्नुसँगै रचना रिमाल, मोहन मगर र पुस्कर सुनुवारको स्वर रहेको छ। गीतको स्टुडियो भर्सन भिडियो पुस्कर सुनुवारकै युट्युबबाट सार्वजनिक गरिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *