बालिकालाई बलात्कार गर्ने अभियोगमा चक्रबहादुर चौधरीसहित तीन जना पक्राउ

जबरजस्ती करणीका घटनामा संलग्‍न तीन अभियुक्तलाई मोरङ प्रहरीको टोलीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बेलबारी नगरपालिका ३, सिमपानेका चक्रबहादुर चौधरी, सुकमान तामाङ छन्। कात्तिक १३ गते राति अन्दाजी पौने १२ बजे मोरङ बेलबारी नगरपालिका १, अमना सिसौलीको २१ वर्षीय चौधरीले ५० वर्षीय तामाङको सहयोगमा १४ वर्षीयामाथि जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।

प्रतिवादी सुकमान तामाङ र उनका सहयोगी चक्रबहादुर चौधरीलाई जिल्ला अदालत मोरङबाट म्याद थप भई अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता (डीएसपी) मानबहादुर राईले जानकारी दिए।

यसैगरी कात्तिक १३ गते दिउँसो साढे ३ बजे ग्रामथान गाउँपालिका १ मा २१ वर्षीय युवतीलाई जर्बजस्ती करणी गर्ने जमेश सरदार पनि पक्राउ परेका छन्। निज पीडकलाई ग्रामथान गाउँपालिका २, झोराहाटबाट पक्राउ गरी जबरजस्ती करणीअन्तर्गत जिल्ला अदालत मोरङबाट म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *