थाकस कपिलबस्तु अध्यक्ष उमाशंकरलाई मातृशोक

थारु कल्यणकारिणी सभाका जिल्ला अध्यक्ष एवं थारु पत्रकार संघ नेपाल कपिलबस्तु शाखाका सल्लाहकार उमाशंकर चौधरीलाई मातृ शोक परेको छ।

थाकस जिल्ला अध्यक्ष एवं पत्रकार उमशंकर चौधरीका आमा गुलाबी चौधरीको ७० वर्षको उमेरमा गत १२ कात्तिकमा बाणगंगा-२ तेनुइयामा आफ्नै निवसमा निधन भएको हो। स्व. गुलावी चौधरी पहिलेदेखि नै विरामी रहेको छोरा उमशंकर चौधरीले बताए। स्वार्गीय गुवालीका ३ भाई छोरामध्ये उमाशंकर जेठो छोरा हुन्।

यस दुःखद् घरीमा थारु कल्यणकारिणी सभा जिल्ला कार्यसमिति, नगर कार्य समिति र थारु पत्रकार संघ नेपाल जिल्ला शाखाले संयुक्त रुपमा आइताबार हार्दिक श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ।

श्रद्धाञ्जली सभा कार्यक्रम थाकसका जिल्ला कोषाध्यक्ष शिवाली थारुको अध्यक्षता तथा थाकसका सहसचिव राजेश चौधरीको सञ्चालमा सम्पन्न भएको हो। शोक सभा कार्यक्रममा बोल्दै थारु कल्यणकारिणी सभाका केन्द्रीय सदस्य सुमित्रा थारुले स्वार्गिीय आमाको आत्माको चिर शान्तिको कामनासहित बैकुन्ठ बासको कामना गरी परिवार जनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस भनी कामनासमेत गरिन्।

त्यस्तै थारु पत्रकार संघ नेपाल कपिलबस्तु जिल्ला शाखाका अध्यक्ष श्याम सिटिले जन्मपछि मृत्यु निश्चित भएको भन्दै जहाँ जीवन छ, त्यहाँ मृत्यु निश्चित रहेको बताए। उनले जहाँ मृत्यु हुन्छ, त्यहाँ मनवरूपी जीवनको अस्तित्व समाप्त हुन्छ। वास्तवमा जीवन र मृत्युको नाता गहिरो छ। कसको, कहिले, कतिखेर मिति पुग्छ भन्ने टुंगो नभएको भन्दै आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो भनेर स्वलेक पनि बाचन गरेका थिए। उनले आमाको स्वर्गमा बास होस्, भन्ने कामना गर्दै परिवारप्रति पर्न गएको दुःख तथा शोककुल परिवार प्रति धैर्य धारण गर्ने शाक्ति प्रदान होस् भनेर कामनासमेत गरे।

श्रद्धाञ्जली सभा कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य जन्जिर प्रसाद थारु, थारु पत्रकार संघ नेपालका केन्द्रीय सचिव कमल चौधरी, थाकस पूर्व केन्द्रीय सदस्य भोजराज थारु, थाकसका सल्लाहकार झगरु थारु, बाणगंगा-४ वडा सदस्य ऋषिराम थारु, बाणगंगा-८ वडा अध्यक्ष नाथुराम थारु, समाजसेवी तथा बुद्धिजिवी सरजु प्र थारु, थाकस नगर अध्यक्ष भग्गु प्रसाद थारु, थापस जिल्ला सचिव सरिता थारु लगायतको शोक सभा कार्यक्रममा समाजसेवी बुद्धिजिवी थारु अगुवा, पत्रकारहरुको उपस्थिति रहेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *