मोटरसाइकल दुर्घटना हुँदा सुनसरीका निमेष चौधरी र जीवन चौधरीको मृत्यु

सुनसरीको रामधुनी नगरपालिकाऔ-२ स्थित शिवनगरको भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटनामा घाइते भएका २ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक रामधुनी २ शिवनगरका २४ वर्षीय निमेष चौधरी र मोटरसाइकल पछाडि सवार २३ वर्षीय जीवन चौधरी रहेका छन्।

शिवनगर बस्तीको भित्री सडकमा को२६प ५६५१ नम्बरको मोटरसाइकलमा गइरहेका बेला बाटोमा रोकेर राखिएको को२त ९८७६ नम्बरको ट्र्याक्टरको ट्रलीमा ठोकिएर दुर्घटना हुँदा सोमबार राति मोटरसाइकल चालक निमेष र पछाडि सवार जीवन गम्भीर घाइते भएका थिए।

उनीहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *