उच्च मनोबलका साथ सामाजिक दूरी कायम गरे कोरोनाबाट बच्न सकिन्छ : भगवती चौधरी

नेकपा नेतृ भगवती चौधरी कोरोना मुक्त भएकी छन्। दुई साताअघि सामान्य लक्षणसहित कोरोना पोजेटिभ भएकी उनी आज कोरोनामुक्त भएकी हुन्।

सुरुमा सामान्य खोकी तथा घाँटी दुख्ने समस्या देखिएकोमा एक साताअघि चौधरीलाई सामान्य ज्वरो पनि आएको थियो। सरकारको स्वास्थ्य मापदण्डअनुसार होम आइसोलेसनमै बसेर उनले कोरोनालाई परास्त गरेकी हुन्।

उनको हिजो पीसीआर परीक्षण गरिएको थियो। नेतृ चौधरीले कोरोना भाइरसलाई परास्त गर्न सामाजिक दूरीको विकल्प नरहेको बताइन्। ‘म सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर दुई हप्ता घरमै बसेँ। उच्च मनोबलका साथ सामाजिक दूरी कायम गर्ने हो भने, कोरोना भाइरसबाट बच्न सकिन्छ,’ उनले भनिन्।

नेकपा केन्द्रीय सदस्य नेतृ चौधरीले कतिपयलाई कोरोना भाइरस लागेर पनि थाहासमेत नहुने तथा कतिपय गम्भीर बिरामी हुने बताउँदै लक्षण नदेखिएकाले पनि हेलचेक्राईं गर्न नहुने सुझाव दिइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *