पत्रकार कृष्णमोहन चौधरीको निधन

नेपाल पत्रकार महासंघ सिराहाका सदस्य कृष्णमोहन चौधरीको उपचारको क्रममा मंगलबार निधन भएको छ। सुखीपुर नगरपालिका–८ स्थायी घर भएका ३५ वर्षीय चौधरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको नेपाल पत्रकार महासंघ सिराहा शाखाले जनाएको छ।

घुँडाको जोर्नी सुन्निएर दुई हप्ताअघि आरके मेडिसिटीमा शल्यक्रिया गराएका चौधरीलाई ७ कात्तिकमा धरान लगिएको थियो।

आरके मेडिसिटीमै ठीक हुन्छ भन्दै करिब दुई हप्ता रोकेर अवस्था गम्भीर बनेपछि मात्र रेफर गरिएकाले दुःखद निधन भएको भन्दै परिवारजनले गुनासो गरेका छन्।

चौधरीको निधनप्रति नेपाल पत्रकार महासंघ सिराहा शाखाका अध्यक्ष दिनेश्वरप्रसाद गुप्ता र प्रादेशिक समिति प्रदेश नम्बर २ का महासचिव किरण कर्णले छुट्टाछुट्टै शोक वक्तव्य जारी गर्दै दिवंगत पत्रकार चौधरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

चौधरी मिथिला आवाज साप्ताहिकको कार्यकारी सम्पादक र सलहेश तथा समाद एफएमका संवाददाता थिए। उनका दुई छोरा, एक छोरी र पत्नी रहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *