दसैंमा रिलिज भएका थारु म्युजिक भिडियोहरु

दसैं नजकिँदै जाँदा थारु गीतको म्युजिक भिडियोहरु धमाधम सार्वजनिक भइरहेका छन्। यसबीचमा दर्जनौं थारु म्युजिक भिडियो सार्वजनिक भए।

यसैबीच सिएस फिल्मसले लेहेँगा चोल्यम गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो। सुधराम दहितले निर्देशन गरेको भिडियोमा सरद चौधरी र समु चौधरीले अभिनय गरेका छन्। सतिश सिन्हाले खिचेको भिडियोलाई सम्पादन पनि उनैले गरेका छन्। गीतमा गणेश चौधरी र समीक्षा चौधरीको स्वर रहेको छ।

त्यस्तै एनडी स्टुडियोले तोर मायाक सागर मा गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ। हीरा चौधरीले निर्देशन गरेको भिडियोमा सृष्टि खड्का र देव महतोले अभिनय गरेका छन्। लक्ष्मण घिमिरेले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन्। गीतमा मनोज महतो र अन्नु चौधरीको स्वर रहेको छ।

गायक नरेश जोगीको युट्युब च्यानलबाट नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। नरेश जोगी र अन्नु चौधरीको स्वर रहेको गीतमा ममता चौधरी र सन्देश चौधरीले अभिनय गरेका छन्। प्रकाश खड्काले खिचेको भिडियोलाई शिशिर चौधरीले सम्पादन गरेका छन् भने टीकाराम कुमारले निर्देशन गरेका छन्।

केही दिनअघि यही टिमले निर्माण गरेको राँगीचाँगी गीतको म्युजिक भिडियो सार्वजनिक भएको थियो। जसमा नरेश, अन्नु र समीक्षाको स्वर रहेको थियो। भिडियोमा भने प्रिन्स, प्रविन, सन्देश, सुस्मा, अरुणालगायतले अभिनय गरेका छन्।

त्यस्तै सिएस फिल्मसले मदुवा गीतको म्युजिक भिडियो सार्वजनिक गर्‍यो। दर्पन कुशुम्या र समीक्षा चौधरीको स्वर रहेको गीतको भिडियोमा गंगा चौधरी, झरना चौधरी, सुमित रत्गैँयालगायतले अभिनय गरेका छन्। भिडियोको निर्देशन सुधराम दहितले गरेका छन् भने छाँयाकन तथा सम्पादन भने सतीश सिन्हाले गरेका छन्।

त्यस्तै आरकेसी डिजिटलले नयाँ भिडियो सार्वजनिक गरेको छ। जबसे देख्नु तुहिन गीतको भिडियोमा सुरेश चौधरी र निर्मला चौधरीले अभिनय गरेका छन्। विकासले निर्देशन गरेको भिडियोलाई श्रीराम थारुले खिचेका छन् भने रामु चौधरीले सम्पादन गरेका छन्। गीतमा विशाल निरौलाको स्वर रहेको छ।

त्यस्तै सुलभ फिल्मसले चोरी चोरी गीतको म्युजिक भिडियो सार्वजनिक गर्‍यो। जगत गुरु र सपना रानाले अभिनय गरेको भिडियोलाई चन्द्र चौधरीले निर्देशन गरेका छन्। छाँयाकन तथा सम्पादन भने दयाशंकर चौधरीले गरेका छन्। गीतमा गणेश चौधरी र समीक्षा चौधरीको स्वर रहेको छ।

त्यस्तै सिएल चौधरीको युट्युब च्यानलबाट ए म्वार मैया गीतको भिडियो सार्वजनिक भएको छ। अन्नु चौधरी र सीएल चौधरीको स्वर रहेको गीतमा विवश चौधरी र झरना चौधरीले अभिनय गरेका छन्। यमबहादुर थारुले छाँयाकन तथा सम्पादन गरेको भिडियोलाई चन्द्र चौधरीले निर्देशन गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *