संस्कृति जोगाउन अग्रसर हुँदै थारू युवा

आदिवासी जनजाति थारू समुदायको आफ्नै मौलिक भाषा, धर्म, सांस्कृतिक, परम्परा, पेसा रहन सहन तथा भेषभूषा अझै प्रचलनमा रहिआएको छ। थारू समुदायले विभिन्न चाडपर्वका अवसरमा फरक-फरक खालका कार्यक्रमहरू सञ्‍चालन गर्दै आएका छन्।

थारू समुदायको बाहुल्यता रहेको बर्दियामा विजया दशमीको अवसरमा बृहत सांस्कृतिक जेउरा जगाइना कार्यक्रम आयोजना गरिएको छ। नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषदको आयोजना तथा ठाकुरबाबा नगरपालिकको सहयोगमा ठाकुरद्धारामा आइतबार जेउरा जगैना कार्यक्रम आयोजना गरिएको नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषदक अध्यक्ष भिक्खुराम थारूले जानकारी दिए।

यस वर्ष कोरोना भाइरसको जोखिम रहेकाले धेरै संख्यामा मानसहरू जम्मा नभई भौतीक दुरी कायम गर्दै जेउरा जगैना कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रमका क्रममा विभिन्न समूहका नाच टोलीहरुले सखिया दुर्दन्गवा लगाएतका नाचहरू प्रस्तुत गरेका थिए।

बडा दशैँको उपलक्ष्यमा आयोजित उक्त कार्यक्रममा बोल्दै ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले दशैँलाई उत्सव तथा खुशी साटेर मनाउन आह्वान गरे। यस वर्ष कोरोनाको जोखिमसमेत रहेकाले अनावश्यक भिडभाड र होहल्ला नगर्नसमेत उनले आग्रह गरे।

उनले आफ्नो मौलिक परम्परा जोगाउन थारू समुदाय नै अग्रसर हुनुपर्नेमा जोड दिएका छन्। हराउँदै जान थालेको थारू समुदायको संस्कृति जर्गेनाका लागि थारू अगुवाको पहलमा हरेक बर्ष जेउरा जगाइना कार्यक्रमको आयोजना गरिँदै आइएको छ। थारु समुदायहरु आफ्नो मौलिक पहिचान जोगाउन लागि गर्ने गरेका छन्।

थारू सुमदायको विभिन्न पहिरन तथा रहन, सहन र कला संस्कृतिका कारण बर्दिया महत्वपूर्ण मानिन्छ। तर अहिले आएर विकास तथा आधुनिकताको प्रभावको गतिसँगै आदिवासी जनजाति थारू समुदायको समग्र मौलिकतामा प्रतिकूल प्रभाव पर्न गई आदिवासी जनजातिको प्राचीनता, ऐतिहासिकता तथा परम्पराहरू हराउँदै लोप हुँदै गइरहेको थारू अगुवाहरु बताउँछन्।

-स्रोत थाहाखबर




Leave a Reply

Your email address will not be published. Required fields are marked *