मोटरसाइकलको ठक्करबाट बाँकेका करुवा थारुको मृत्यु

बाँकेको राप्तीसोनारी गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

राप्तीसोनारी-७, थपप्टटलीम भे६प ७२४० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीयवासी ६९ वर्षीया करुवा थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सुभाष खड्काले जानकारी दिए।

उनका अनुसार राप्तीसोनारी ४, नयाँबस्ती बैजापुरका २६ वर्षीय निमप्रसाद थारुले चलाएको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते करुवाको शिक्षण अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकलसहित चालक थारुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए




Leave a Reply

Your email address will not be published. Required fields are marked *