लुम्बिनी प्रदेशका मन्त्री वैजनाथ चौधरी दम्पतीलाई कोरोना संक्रमण

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार निर्माण तथा योजना मन्त्री वैजनाथ चौधरी दम्पतीलाई कोरोना संक्रमण भएको छ। चौधरीसँगै उनका पिएसओ, ड्राइभर र भान्सेलाई पनि कोरोना पोजेटिभ देखिएको हो।

मन्त्री चौधरीले सामाजिक सञ्जालमार्फत् आफूहरुलाई कोरोना संक्रमण भएको उल्लेख गरेका छन्। ‘आज पीसीआरको रिपोर्ट आयो। म लगायत श्रीमती द्रोपती चौधरी, पीएसओ सुन्दर बुढाथोकी, ड्राइभर यमबहादुर थापा र भान्से पार्वती केवट सबैको कोरना पोजेटीभ रिपोर्ट आएको छ,’ उनले लेखेका छन्।

उनी शुक्रबार रातिदेखि नै होम आइसोलेसनमा बसेको जानकारी दिएका छन्। ‘हिजोदेखि होम आक्सोषलेसनमा रेष्टमा छु। पाँचमध्ये मलाई रुघा लागेको छ, अन्य ४ जनालाई कुनै लक्षण देखिएको छैन,’ उनले लेखेका छन्।

शुक्रबारमात्र नेकपाकी केन्द्रीय सदस्य भगवती चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसअघि सांसदहरु अमनलाल मोदी, शान्ता चौधरी, डिल्लीबहादुर चौधरी र उपसभामुख कृष्णी थारुलाई कोरोना संक्रमण भएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *