प्रहरीमा भर्ना खुल्यो, आदिवासी जनजातिलाई ७३७ कोटा

प्रहरी प्रधान कार्यालयले पाँच हजार २२७ जना प्रहरी जवानका लागि भर्ना खोलेको छ। शुक्रबार सूचना प्रकाशित गरी प्रधान कार्यालय मानव स्रोत विभाग, भर्ना छनौट महाशाखाले सो संख्यामा आवेदन माग गरेको हो।

प्रहरी जवान (जनपद) मा खुलातर्फ २८ सय १७ जना अशक्त-अमर प्रहरी परिवारका तर्फबाट १०५, समावेशीतर्फ महिला ४६१, आदीवासी जनजातीतर्फ ७३७, मधेशी ६४६, दलित ३४५ र पिछडिएको क्षेत्रबाट ११६ जना भर्ना हुनेछन् ।

आवेदन दर्ता कात्तिक १६ गतेदेखि २३ गतेसम्म दिन सकिने महाशाखाले जनाएको छ। कार्यालयले दरखास्त भर्ने अन्तिम मितिसम्म १८ वर्ष पुरा भइ २३ वर्ष ननाघेका तथा बहालवाला श्रेणीविहीन प्रहरी कर्मचारीका हकमा २५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *