नेकपाकी केन्द्रीय सदस्य भगवती चौधरीलाई कोरोना संक्रमण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य भगवती चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना संक्रमण पुष्टि भएको जनाएकी छन्।

‘बिरामी पनि कस्तो अच्चम। कोरोनाले मलाई पनि छाडेन। मेरो सम्पर्कमा आउनुभएकाहरुले सावधानी अपनाउन अनुरोध गर्दछु,’ उनले फेसबुकमा लेखेकी छन्।

यसअघि थारु सांसद अमनलाल मोदी, शान्ता चौधरी, लुम्बिनी प्रदेशका सांसद डिल्ली बहादुर चौधरी र लुम्बिनी प्रदेशकै उपसभामुख कृष्णी थारुलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

सांसद मोदीले यसअघि नै कोरोनामुक्त भइसकेका छन् भने बाँकी सांसदहरु आइसोलेसनमा रहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *