‘रितु-जगत’ जोडी किन सधैं सँगै म्युजिक भिडियो खेल्छन् ?

सुलभ फिल्मसले थारु गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेको छ। ए हो धानी बोलको गीतको भिडियोमा जगत गुरु, रितु चौधरी र धनिराम चौधरीले अभिनय गरेका छन्।

चन्द्र चौधरीको निर्देशन रहेको भिडियोलाई मुन्ना लभकुश्मीले कोरियोग्राफी गरेका छन् भने दयाशंकर चौधरीले छाँयाकन तथा सम्पादन गरेका छन्।

गणेश चौधरी र समीक्षा चौधरीको शब्द र स्वर रहेको गीतमा गणेश चौधरीले संगीत भरेका छन्।

यसअघि रितु र जगत गुरुको जोडीले थुप्रै म्युजिक भिडियो खेलिसकेको छ। ‘मोर कविला, ए मोर हजुर, दिल चुराके’लगायत गीतको म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *