प्रहरी जवानको नतिजा प्रकाशन, साढे दुई सय बढी थारुले निकाले नाम

नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) पदको नतिजा प्रकाशन भएको छ। खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न २०७६ भदौ ६ गते प्रकाशित विज्ञापनअनुसार दरखास्त दिई अन्तर्वार्ता परीक्षामा सहभागी भएका उम्मेद्वारहरुको अन्तिम नतिजा बुधबार प्रकाशन भएको हो।

जसमा मुख्य र वैकल्पिक गरी २५० जना भन्दा बढी थारुले नाम निकालेका छन्। उनीहरुलाई कात्तिक १३ गतेभित्र सम्बन्धित परीक्षा केन्द्रमा सम्पर्क गर्न आग्रह गरिएको छ। ‘अन्तिम नतिजामा उत्तीर्ण भई नियुक्तिका लागि सिफारिस भएका मुख्य उम्मेदवारहरुलाई २०७७ कात्तिक १३ गते बिहान ११ बजे सम्बन्धित परीक्षा केन्द्रहरुमा सम्पर्क गर्न प्रहरी प्रधान कार्यालय, भर्ना छनौट महाशाखाले सूचित गर्छ,’ नतीजामा भनिएको छ।

यहाँ क्लिक गरेर नतीजा हेर्न सकिन्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *