लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुलाई कोरोना संक्रमण

लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुलाई कोरोना संक्रमण भएको छ। उनले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएकी छन्।

‘गत आइतबार कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएकाले मसँग सम्पर्कमा आउनुभएका सम्पूर्ण महानुभावहरूलाई सतर्क रहन अनुरोध गर्दछु,’ उनले लेखेकी छन्।

हिजोमात्र लुम्बिनी प्रदेशकै कांग्रेस सांसद डिल्लीबहादुर चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

यता नेकपा सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण भपछि वीर अस्पतालमा उपचार गराइरहेकी छन्। यसअघि नेकपाकै सांसद अमनलाल मोदीलाई कोरोना संक्रमण देखिएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *