कर्णालीमा पूर्वएमालेबाट मुख्यमन्त्री बन्‍नु हुुँदैन : सांसद मेटमणि चौधरी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद मेटमणि चौधरीले कर्णाली प्रदेशका मुख्यमन्त्री हटाउन खोज्नु राम्रो नभएको बताएका छन्। लोकतान्त्रिक राज्य व्यवस्थामा यस्तो हुनु सामान्य कुरा भए पनि पार्टी एकीकरणले मूर्त रुप नलिइसकेका बेला यस्तो कार्य गर्नु राम्रो नभएको बताए।

‘पार्टीभित्र असन्तुष्टि, गुनासा थियो भने मिलाउन सकिन्थ्यो। तर आफ्नै पार्टीका मुख्यमन्त्रीलाई हटाउनेसम्मको प्रयास गर्नु राम्रो भएन,’ उनले थारुवानसँग भने, ‘लोकतान्त्रिक राज्य व्यवस्थमा भने यस्तो हुनुलाई सामान्य मानिन्छ। प्रस्ताव दर्ता गर्न पनि पाइयो। तर पार्टी एकीकरणले मूर्त रुप नलिँदै यस्तो कार्य हुनु राम्रो भएन।’

उनले यस्ता गतिविधिले पार्टी विभाजनको दिशातिर नगए पनि नेता कार्यकर्ताहरुमा मनोवैज्ञानिक असर पर्ने बताए। ‘यसले पार्टी विभाजन नै त हुँदैन। तर नेता कार्यकर्ताहरुमा ठूलो मनोवैज्ञानिक असर गर्छ।’

उनले केही गरी प्रस्ताव पास भइहाले पनि त्यहाँ पूर्वमाओवादीबाटै मुख्यमन्त्री बन्ने बताए। ‘अविश्वासको प्रस्ताव पास भए पनि नभए पनि पूर्वमाओवादबाटै कोही मुख्यमन्त्री बन्नुहोला। पूर्व एमालेतिरबाट ल्याउन थालियो भने त अन्य प्रदेशमा पनि खिचातानी सुरु हुन्छ,’ उनले भने।

यो पनि पढ्नुस्:

कर्णाली प्रदेशको सरकारविरुद्ध भएको उथलपुथलबारे के भन्छन् सुर्खेतका थारु नेताहरु ?




Leave a Reply

Your email address will not be published. Required fields are marked *