नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, थारु बाहुल्य क्षेत्रको अवस्था के छ?

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ। शुक्रबार २ हजार ५९ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमित संख्या लाख नाघेको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारसम्म संक्रमितको संख्या १ लाख ६७६ पुगेको छ। जसमध्ये ७३ हजार २३ जना कोरोनामुक्त भएका छन्। शुक्रबार थप १६८० जना कोरोनामुक्त भएका थिए। त्यस्तै नेपालमा हालसम्म ६ सय जना संक्रमितको मृत्यु भएको छ।

नेपालमा हालसम्म ११ लाख ४५ हजार २३७ पीसीआर परीक्षण गरिएका छन्। जसमध्ये शुक्रबारसम्म २७ हजार ५३ जना सक्रिय संक्रमित रहेका छन्। उनीहरु देशका विभिन्न अस्पताल, होटेल र होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै ४ हजार ७०३ जना अझै विभिन्न क्वारेन्टीनमा रहेका छन्।

थारुको बसोबास रहेको जिल्ला कति प्रभावित?

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार कञ्चनपुरमा ९०४, कैलालीमा २८०६, बर्दियामा ८०६, बाँकेमा २३१४, दाङमा १३४३, कपिलवस्तुमा १४४६, रुपन्देहीमा ३५१०, नवलपरासी पश्चिममा ६२१, नवलपरासी पूर्वमा ११८६, चितवनमा २८०२ संक्रमित रहेका छन्।

त्यस्तै पर्सामा २२२४, बारामा १६१५, रौतहटमा २३७७, सर्लाहीमा २४७९, महोत्तरीमा १६११, धनुषामा २१२१, सिरहामा १५७९, सप्तरीमा १३७१, उदयपुरमा २२० सुनसरीमा २५९४, मोरङमा ४६४९ र झापामा १०३० संक्रमित रहेका छन्।

नेपालमा सबैभन्दा धेरै संक्रमित केन्द्रीय राजधानी काठमाडौंमा रहेका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा २९३८१, ललितपुरमा ४०११ र भक्तपुरमा ३९१९ संक्रमित रहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *