७५ वर्षीया सितलीदेवी थरुनी ११ दिनदेखि बेपत्ता

घर नजिकैको धानखेत हेर्न निस्केकी ७५ वर्षीया वृद्धा पछिल्लो ११ दिनदेखि बेपत्ता भएकी छन् । १२ असोजको बिहान करिब साढे ७ बजेतिर घर नजिकैको खेत हेर्न जान्छु भन्दै निस्किएकी सिरहाको लहान नगरपालिका १५ ढोढना बानो गाउँकी ७५ वर्षीया सितलीदेवी थरुनी पछिल्लो ११ दिनदेखि बेपत्ता भएकी हुन् ।

‘आफन्त, गाउँघर सबैतिर खोजिसक्यौं, कतै पनि फेला पर्नु भएको छैन’ वृद्धाकी बुहारी निर्मला चौधरीले भनिन् ‘सासु बेपत्ता भएपछि परिवारमा थप चिन्ता बढेको छ ।’

सबैतिर खोजी गर्दा पनि फेला नपरेपछि खोजीका लागि लहानस्थित इलाका प्रहरी कार्यालयमा निवेदन दिइएको वृद्धाकी ज्वाइँ रामचन्द्र चौधरीले बताए । लहान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शरतकुमार थापा क्षेत्रीले हराएकी वृद्धाको तस्वीरसहितको हुलिया प्रहरी युनिटहरुमा पठाएर खोजी भइरहेको बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *