कोरोना संक्रमित शान्ता चौधरीले भनिन्- ‘शारीरिकरुपमा अस्वस्थ छु, स्वासप्रस्वासमा समस्या भैरहेको छ’

कोरोनाबाट संक्रमित भएपछि नेकपाकी सचेतक शान्ता चौधरी वीर अस्पतालमा आइसोलेसन बसेकी छन्। उनी डाक्‍टरको सल्लाहअनुसार अस्पतालमा आइसोलेसन बसेकी हुन्।

उनले आफू शारीरिकरुपले अस्वस्थ भएको उल्लेख गरेकी छन्। ‘शारीरिकरुपमा अस्वस्थ छु, स्वासप्रस्वासमा समस्या भैरहेको छ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘सबै साथीहरुको साथले कोरोनासँग लड्न ऊर्जा मिलेकै छ।’

उनले प्रदेश ५ को राजधानी दाङको भालुबाङलाई बनाएर प्रदेशका जनतालाई न्याय गरेको बताएकी छन्। ‘प्रदेश नम्बर ५ को प्रदेशसभाले ऐतिहासिक फैसला गरेको छ, लुम्बिनी नामप्रति गर्वबोध भएको छ। नामले प्रदेशको उचाइ बढाउने छ र संसारभर प्रदेशलाई चिनाउने छ,’ उनले लेखेकी छन्, ‘दाङको भालुवाङमा प्रदेशको राजधानी बनाउने फैसलाले प्रदेशका जनतालाई न्याय गरेको छ। न्यायोचित निर्णयकालागि प्रदेशसभालाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछु।’

दाङबाट प्रतिनिधित्व गर्ने शान्ता चौधरी मंगलबार कोरोनाबाट संक्रमित बनेकी थिइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *