राजधानीको विषयलाई लिएर प्रदेशसभा बैठकमा नेकपाकै सांसद तुल्सी चौधरीको विरोध

प्रदेश ५ को स्थायी राजधानी र नामबारे प्रदेश सरकारले राखेको प्रस्तावलाई अघि बढाउन सोमबार सुरु भएको प्रदेश सभामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै सांसदले अवारेध गरेकाका छन्। रुपन्देहीबाटै निर्वाचित बनेका सांसद तुल्सी प्रसाद चौधरीले प्रस्तावमाथि असहमति जनाउँदै उभिएर विरोध जनाएका छन्। उनीसँगै नेकपा रुपन्देहीका अन्य सांसदहरुले पनि विरोध जनाएका हुन्।

त्यस्तै विराधेकाबीच सुरु भएको बैठकमा प्रमुख पतिपक्ष नेपाली कांग्रेसले प्रदेशसभामा कुर्सी टेबुल तोडफोड गरेका छन्। त्यसलगत्तै बोलेका नेकपा सांसद भोजप्रसाद श्रेष्ठले बोल्ने समय कटौति नगर्न सभामुखलाई आग्रह गरेका थिए।

बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *