राज र सोनु कुश्मीको हुर्दुङ‍्वा गीतको भिडियो सार्वजनिक

आरकेसी डिजिटलले हुर्दुङवा गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ। राज कुश्मीको शब्द संगीत रहेको गीतमा राज र सोनु कुश्मीको स्वर रहेको छ। गणेश चौधरीको संगीत संयोजन रहेको गीतमा राजले मन्दरा र नन्दुराज चौधरीले मञ्जिरा बाजा बजाएका छन्।
गीतको म्युजिक भिडियोमा भने बासुदेव योगी, निशान पोखरेल, अनिल कुश्मी, युवराज थारु, विनिता चौधरी, सपना चौधरी र विस्ठा योगीले अभिनय गरेका छन्। रामु चौधरीको छाँयाकन तथा सम्पादन रहेको भिडियोलाई सत्य नारायण फेटाराले कोरियोग्राफी तथा निर्देशन गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *