सांसद अमनलाल मोदी १३औं दिनमा कोरोनामुक्त

सांसद् अमनलाल मोदी कोरोनामुक्त भएका छन्। ४ असोजमा कोरोना संक्रमण पुष्टि भएका सांसद मोदी शनिबार कोरोनामुक्त भएका हुन्।

संक्रमणमुक्त भएपछि उनले उपचारमा खटिने चिकित्सक, नर्स र रातदिन काम गर्नेहरुलाई धन्यवाद दिएका छन्। उनी कोरोनामुक्त भए पनि उनका परिवारका सदस्यहरु अझै संक्रमणमुक्त हुन बाँकी छ। उनले आमा, दुई छोराहरु, जीवन संगिनी, दाजु र भतिजको कोरोना रिपोर्ट नेगेटिभ आउने प्रतिक्षमा रहेको बताए।

उनले आइसोलेसनमा बस्दा शारीरिक व्यायाम गर्ने, पर्याप्त स्वास्थ्यकर खाना खाने र पुस्तकहरू अध्ययन गर्ने काम गरेको बताए। उनले कोरोना भएकाहरुलाई नआतिन आग्रहसमेत गरे। ‘कोरोना लाग्यो भन्दैमा नआतिनुस्। शारीरिक व्याम र स्वास्थकर खानामा ध्यान दिनुस्,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *