रेशम चौधरीको किताब प्रकाशनका लागि प्रवासी थारुहरुको दुई लाख सहयोग

थारु कल्याणकारिणी सभा युएईको पहलमा रेशम चौधरीको किताब परिबन्द प्रकाशनका लागि दुई लाख सहयोग गरिएको छ। युएई सभाका तर्फबाट कमल चौधरीको नेतृत्वमा उक्त रकम संकलन गरिएको थियो।

जसमा युएईलगायत विदेशमा बस्ने थारुहरुले सहयोग गरेको थियो। सभाका अनुसार युएईमा कार्यरत कमल चौधरी, जनक चौधरी, संजय चौधरी, दिपेन्द्र कुमार माझी थारु, विद्यानन्द चौधरी, राम कुमार माझी थारु, सुर्य नारायण चौधरी, थारु कला केन्द्र, मोरंङ- सुनसरी, खोर बहादुर महतो, धर्मराज महतो, कृष्ण चौधरी, खेम महतो, भुपेन्द्र थनेत, जापानबाट अनिल चौधरी, कतारबाट नारायण चौधरी, जर्मनीबाट प्रविन सिन्हा र अनिता चौधरी, नेपालबाट आशिक भगत, सागर चौधरीले नगद सहयोग गरेका थिए।

युएई सभाले नेतृत्व गर्ने कमल चौधरी र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *