कोरियामा बसेर थारु संगीतमा शिखर चुम्दै मोहन दहित

मोहन दहित अहिले कोरियामा बसेर थारु भाषाको गीतसंगितको विकासमा लागि लागि परेकाछन् । सानै उमेरदेखि गीतसंगितमा रुचि राख्ने दहित अहिले उनि दर्जनौ थारु, नेपाली गीतमा स्वरिलो स्वर दिइसेकाछन् । खासगरि दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चपुर र सुर्खेतका अधिकांस थारु गाउँमा उनको गीत गुञ्जिरहुन्छन, धेरैले उनको गीत सुन्न रुचाउछन् तर उनलाई धेरै जसो प्रत्यक्ष चिनेकाछैनन, तैपनि उनि आम स्रोताहरुको मनको ढुकढुकीमा बस्न सफल भएकाछन् ।

पछिल्लो समयमा उनको गीत निकै चर्चामा रहेकाछन् । २०६२ सालदेखि ‘पिरतीके धुन…’ गीतबाट गायन क्षेत्रमा लागेका दहित अहिले गीतसंगितमा जुनको तारा जस्तै चम्किैदछन । पुख्र्यौेली घर तुलसीपुर उपमहानगरपालिका १७, रत्गै स्थायी घर गोदावरी नगरपालिका १ अत्तरियाका मोहन दहित कामको शिलशिलामा उनि विगत १० बर्ष देखि कोरियामा बस्दै आएकाछन् । कोरियामा बसेर पनि उनि आफ्नो मातृभाषालाई विर्सेकाछैनन ।

थारु, नेपाली दुवै गीतमा स्वरिलो स्वर दिने दहित थारु भाषाको गीत कम मात्रमा सुन्न पाइने भएकोले स्रोताहरुको माग अनुसार आफुले धेरै जसो थारु भाषाको गीतसंगितमा स्वर दिइरहेको दहितले बताए । ‘आफ्नै मातृभाषाको विकास पनि हुने र गीत मार्फत आम स्रोताहरुलाई मनोरञ्जन गराउने त छदै छ, गीत मार्फत आम थारु समुदायलाई सकारात्मक सन्देश दिनको लागि आफुले थारु भाषाको गीतमा धेरै समय दिने गरेको छु, दहितले भने,–‘मैले प्राय जसो सन्देश मुलक गीतहरु गाउनमा रुचाउछु, त्यसैले मेरो गीत धेरै स्रोताहरुले मनपराउने गर्नु हुन्छ ।’

थारु भाषाको दुई दर्जन भन्दा गीतमा स्वर दिइसेका दहितको पछिल्लो ‘मोर हजुर, लेहङा मोर हो, फुलकुमारी लगायत गीतहरु रिलिज हुने तयारीमा छन । उनले अरु थारु भाषाको ‘टुँ मोर कविला, नौरङी लेहङा, दिलके पुकार, सुस्केरो बोलैहो, सात रंगके होरी’ गीतमा स्वर÷संगीत दिएकाछन् । त्यसैगरि ‘उकरुङ भुकरुङ, लेहङा मोर हो, यहिरि छोटिमोटि महुलिक रुख्वा लगायत गीतमा उनको स्वर रहेको छ ।

दहित गायन क्षेत्रसंगै समाजिक क्षेत्रमा पनि उत्तिकै रुचि राख्छन् । २०३८ सालमा बुवा सुन्दर लाल चौधरी आमा लहानीदेवि चौधरीको कोखबाट जन्मेका दहित स्वदेशम रहेका विभिन्न दिनदुखिहरुलाई व्यक्तिगत रुपमा आर्थिक सहयोग पनि गर्दै आइरहेकाछन् । ‘टिकापुर राजबन्दिहरुलाई पनि आफुले धेरै सहयोग गरेको दहितले बताए । उनले भने–‘सामाजिक सेवासंगै भविष्यमा राम्रो सिंङगर मेरो देश र समुदायको लागि केहि गर्ने धोको छ, हेरौ कत्तिको सफल भइन्छ ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *