थारु एन्ड फ्रेन्ड्स एसोशिएसन अमेरिकामा नयाँ पदाधिकारी चयन

अमेरिका र क्यानाडामा बस्ने थारुहरुको साझा संस्था थारु एन्ड फ्रेन्ड्स एसोशिएसनले नयाँ पदाधिकारी चयन गरेको छ। शनिबार र आइतबार भएको ११औं महाधिवेशनले डा‍. सुशील चौधरीको नेतृत्वमा नयाँ पदाधिकारी चयन गरेको हो।

जसको उपाध्यक्षमा काशी प्रसाद सिंह र दीपक चौधरी, सचिवमा राम लखन सिंह, कोषाध्यक्षमा डा. विनोद चौधरी छन्। त्यस्तै सदस्यहरुमा विक्रम चौधरी, ज्ञानेन्द्र धामी, इन्देश्वर चौधरी, राजु चौधरी, संजय चौधरी र सुरेन्द्र चौधरी रहेका छन्।

यो संस्था प्रवासमा खोलिएको सबैभन्दा पुरानो संस्था हो। यो संस्थाको माध्यमबाट हरेक वर्ष नेपालस्थित थारु विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। त्यतिमात्र नभएर थारु समुदायको विभिन्न सामाजिक काममा पनि यो संस्थाले आर्थिक सहयोग गर्दै आएको छ।

संस्थाले सार्वजनिक गरेको हिसाबअनुसार अहिलेसम्म ७८ जना विद्यार्थीलाई १७ लाख १० हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिसकेको छ। त्यस्तै सामाजिक काममा ३१ लाख ५४ हजार ५ सय खर्चिएको छ। यो संस्थासँग हालको मौजदात १६ हजार २ सय १४ अमेरिकी डलर र नेपालमा १ लाख २४ हजार ६१८ रुपैयाँ रहेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *