उर्मिला चाैधरी ‘फ्रिडम फ्रम फेयर अवार्ड २०१८’बाट सम्मानित हुँदै
कमलरी अभियन्ता उर्मिला चौधरी ‘फ्रिडम फ्रम फेयर अवार्ड २०१८’बाट सम्मानित हुने भएकी छन् । थारु समुदायको कमलरी प्रथा उन्मुलनमा योगदान पुर्याएको भन्दै उनलाई नेदरल्यान्डसको रुसभेल्ट फाउन्डेनसले उक्त अवार्ड प्रदान गर्ने भएको हो ।
सो अवार्ड समारोहमा सहभागी हुन उर्मिला अहिले नेदरल्यान्ड्समा छिन् । उनले उक्त अवार्ड कमलरी बहिनीहरुप्रति समर्पित गर्ने बताइन् । ‘यो अवार्ड मजस्तै सबै कमलरी बहिनीहरुको लागि हो । म उहाँ सबैप्रति यो अवार्ड समर्पित गर्न चाहन्छु,’ उर्मिलाले थारुवानसँग भनिन् ।
मुक्त कमलरी विकास मञ्चका सहसंस्थापक उर्मिलाले आफ्नो ११ वर्ष कमलरी भएर विताएकी थिइन् । उनी कमलरीबाट मुक्त भएपछि देशैभरि कमलरी मुक्ति अभियानमा लागेकी थिइन् ।
नेपाल सरकारले २०७० असार १३ गते मुक्त कमलरी घोषणा गरेको थियो ।
Facebook Comment